Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

खेताला शिक्षक राख्ने पौडेललाई शिक्षा प्रमुख क्षेत्रीको सम्रक्षण

spot_img

काठमाडौँ,३ असार । श्रमजित किशोर माबि लुखुशी ललितपुरमा माबी तृतीय श्रेणीका बिज्ञान शिक्षक श्री राजेन्द्र राज पौडेलले खेताला शिक्षक अशोक यादबलाई राखी बर्षौ देखि अबैध तवरले तलब खादै आएको रहस्य खुलाशा भएको छ ।

श्रमजित किशोर माबि लुखुशी ललितपुरका एक निवर्तमान शिक्षकले माननीय शिक्षा मन्त्री सुमना श्रेष्ठलाई हुलाकमार्फत एक पत्र पठाएको खुलाशा गरेका छन। उनले मन्त्री सुमना श्रेष्ठलाई पत्रसंगै श्रमजित किशोर माबि लुखुशी ललितपुरमा माबी तृतीय श्रेणीका बिज्ञान शिक्षक श्री राजेन्द्र राज पौडेलले खेताला शिक्षक राखेको र पौडेलको विद्यालयको अध्यापन तालिका (रुटिन)मा समेत पठाएको खुलाशासमेत गरेका छन।

उनले माननीय शिक्षा मन्त्री सुमना श्रेष्ठलाई हुलाकमार्फत एक पत्र पठाएको पत्रमा श्रमजित किशोर माबि लुखुशी ललितपुरमा माबी तृतीय श्रेणीका बिज्ञान शिक्षक श्री राजेन्द्र राज पौडेलले खेताला शिक्षक राखी बर्षौ देखि नियम बिपरित कार्य गर्दै आएकोले उनलाई नियम बमोजिम कारबाही गरि गर्न माग गरेका छन।

बिज्ञान शिक्षक श्री राजेन्द्र राज पौडेलको विद्यालयको अध्यापन तालिका (रुटिन)मा नाम समेत नभएकोले प्रमाण स्वरुप सो रुटिन पनि पेस गरेको बताएका छन ।

उजुरी कर्ता निवर्तमान शिक्षकका अनुसार निज राजेन्द्र राज पौडेल एक विद्यालयको प्रधानाध्यापक हुँदा भ्रस्ट्टाचारको आरोपमा कारवाही परेपछि श्रमजित किशोर माबि लुखुशी ललितपुरमा सरुवा भएका थिए । उनलाई ललितपुर उपमहानगर पालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्रबहादुर क्षेत्रीको संरक्षण रहेको छ।

खेताला शिक्षक राखेर तलव खाने शिक्षक राजेन्द्र राज पौडेल ललितपुर उपमहानगर पालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्रबहादुर क्षेत्रीको बिस्वासिला पात्र हुन्। महाशाखा प्रमुख महेन्द्रबहादुर क्षेत्रीले पौडेलमार्फत नै शिक्षक सरुवा र नियुक्तिमा अनियमित तवरले रकम उठाउने गरेका छन । यस बिषयमा बिगतमा शिक्षा मन्त्रालयलागायत बिभिन्न निकायमा
उजुरी पर्दा समेत महाशाखा प्रमुख महेन्द्रबहादुर क्षेत्रीले शिक्षक पौडेललाई बचाउदै आएका छन।

त्यसैले शिक्षा मन्त्री सुमना श्रेष्ठलाई हुलाकमार्फत पत्र पठाउनु परेको उनले बताए।

spot_img

ताजा अपडेट

लोकप्रिय