आइतवार, साउन ६, २०८१
Sun, July 21, 2024

बङ्गलादेशबाट आज मात्र ४२०...

६ साउन, काठमाडौं । बङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली...

विपद्मा परी १३० जनाको...

६ साउन,काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा...

दैनिक ९७ सडक दुर्घटना,...

६ साउन, काठमाडौं । नेपालमा प्रत्येक दिन औसत ९७ वटा सानाठूला सवारी दुर्घटना...

मुख्यमन्त्री सिंहले गरे मन्त्रालयको...

६ साउन, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले  सरकारी कार्यालयका कर्मचारीले लापरबाही...
24.1 C
Kathmandu
29.9 C
Birgunj

गौर भन्सार कर्मचारीको बदमासी, समयमा बेरिएर नखोल्दा समस्या

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,०३ असार । रौतहट सदरमुकाम गौर भन्सार कार्यालयका कर्मचारीको बदमासीले निर्धारित समय बिहान ५ बजे बेरिएर (ढाठ) नखोल्दा सैयौं मानिसले सास्ती खेप्नु परिरहेको छ।

- Advertisement -

भारतीय क्षेत्रको बैरगनियातर्फको बैरिअर भारतीय समय अनुसार बिहान ५ बजे खुल्ने तर गौर भन्सारको बैरिअर ६ बजे नेपाली समय अनुसार खुल्दा सीमा वारपार गर्ने मानिस तथा सवारीसाधन एक घन्टा कुर्न बाध्य हुँदै आएका छन्। एक घन्टा कुर्दा दुवैतर्फका नागरिकले सास्ती खेप्नुपरेको स्थानीय सञ्चारकर्मी रमेश सिंहले बताए।

सैयौं नागरिकको समस्या समाधान गर्न केही दिनअघि जिल्ला प्रशासन कार्यालय रौतहटमा बसेको दुई देशका सुरक्षा अधिकारीको बैठकमा भारतीय समय अनुसार बिहान ५ बजे दुवैतर्फको बैरिअर खोल्ने सहमति भए पनि नेपालतर्फ सहमति कार्यान्वयन हुन सकेको छैन।

- Advertisement -

सीमावर्ती भारतीय बजार बैरगनिया रहेको रेलवे स्टेसन हुँदै दैनिक बिहानै दर्जनौं मानिस सीमा वारपार गर्ने गर्छन्।

कतिपय मानिस रेलबाट झरेर बिहानै गौरतर्फ आउने गर्दछन्। कतिपय बिहानै रक्सौल हुँदै वीरगञ्जज सम्म पुग्न रेल प्रयोग गर्छन्। तर, गौर भन्सार अगाडिको बेरिएर खुल्ला नहुँदा उनीहरूले सास्ती खेप्दै आउनु परेको हो।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार