[ndc-today-date]
[ndc-today-date]

कञ्चनपुरका वन अधिकृत ठाकुरमाथि...

कञ्चनपुर,०८ जेठ । डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत राम विचारी ठाकुरमाथि कालो...

बीरगन्ज महानगरमा जनसम्पर्क सल्लाहकारको...

बीरगन्ज,०८ जेठ । बीरगन्ज महानगरपालिकाले सञ्चार तथा जनसम्पर्कलाई थप व्यवस्थित र प्रभावकारी बनाउन...

एनसीएचएलको अध्यक्षमा चेतप्रसाद उप्रेती...

काठमाडौं,०८ जेठ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा नेपाल राष्ट्र...

रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा...

दोलखा,०८ जेठ । रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन्...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

पूर्वराष्ट्रपति विद्या भण्डरीको चीन भ्रमण स्थगित

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०३ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ। असार महिनाभित्र चीन जाने गरी तयारी अघि बढे पनि भण्डारीको भ्रमण तत्कालका लागि रोकिएको एमाले स्रोतले बताए ।

- Advertisement -

एमालेको पार्टी सदस्यता नवीकरण गरेकी भण्डारी अध्यक्ष केपी शर्मा ओलीको असहमतिका बाबजुद चीन जाने तय भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो भारत भ्रमणपछि एमालेको सक्रिय राजनीतिमा फर्किने तयारीमा रहेकी भण्डारीको चीन भ्रमण स्थगित भएको हो।

प्रधानमन्त्री दाहाल जेठ २७ गते भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी हुन गएका थिए। शपथ ग्रमणमा जाँदा उनले मोदीसँग औपचारिक भेटवार्ता गरेका थिए।

- Advertisement -

स्रोतका अनुसार भण्डारीले स्वास्थ्यका कारण तत्काल भ्रमणमा आउन नसक्ने खबर चिनियाँ पक्षलाई दिएकी छन्। उनको भ्रमणलाई सरकार र एमालेले गोप्य राख्ने प्रयास गर्दै आएको छ।

चीनले उनलाई पूर्वराष्ट्रपतिको रुपमा भन्दा पनि एमाले नेत्रीका रुपमा स्वागत सत्कार गर्ने तयारी अघि बढाएको थियो।

२०७२ मा राष्ट्रपति हुनुअघि एमालेको उपाध्यक्ष रहेकी भण्डारी त्यसपछि पार्टीसँगको औपचारिक सम्बन्धमा थिइनन्। तर, उनले वैशाख १ गते पार्टीको सदस्यता नवीकरण गरेर सक्रिय राजनीतिकमा आउने ढोका खोलिकी छन्। कतिपयले उनको यो कदम पदीय मर्यादा विपरीत रहेको भनेका छन्।

 

ताजा समाचार

spot_img

थप समाचार