आइतवार, साउन ६, २०८१
Sun, July 21, 2024

मुख्यमन्त्री सिंहले गरे मन्त्रालयको...

६ साउन, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले  सरकारी कार्यालयका कर्मचारीले लापरबाही...

महिला एशिया कप: नेपालले...

६ साउन, काठमाडौं । जारी महिला एशिया कप अन्तर्गत नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य...

लुम्बिनीमा नयाँ सरकार गठनको...

६ साउन, काठमाडौं । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएको छ । प्रदेश...

प्रधानमन्त्रीमाथि विश्वासको मतदानमा अनुपस्थित...

६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाबाट दुई तिहाइ...
24.1 C
Kathmandu
29.9 C
Birgunj

भिजिट भिसामा कडाइ, झुक्याएर जान खोज्नेलाई विमानस्थलबाट फर्काइँदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

३ असार, काठमाडौं । पछिल्लो समय भिजिट भिसामार्फत वैदेशिक रोजगारीका लागि विभिन्न देशमा जाने क्रम बढेपछि सरकारले कडाइ गरेको छ । विशेष गरी घरेलु कामदारका लागि खाडी मुलुकसहित प्रतिबन्धित देशमा जाने महिलाको सङ्ख्या बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमै कडाइ गरिएको हो ।

- Advertisement -

विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीले पछिल्लो एक हप्तामा भिजिट भिसामार्फत घरेलु कामदारका लागि विदेश जान लागेका पाँच सयभन्दा धेरै महिलासहितका पुरुषलाई विमानस्थलबाटै फर्काइएको जानकारी दिए ।

उनले भने, “भिजिट भिसा देखाएर श्रम (कामदार) का लागि जान खोज्नेलाई हामीले फिर्ता गर्ने गरेका छौँ, अहिलेसम्म त्यस्ता करिब पाँच सयभन्दा बढी फिर्ता गरिएको छ । आवश्यक कागजत बोकेर भिजिट भिसामा जान लागेकालाई भने रोकिएको छैन ।”

- Advertisement -

संयुक्त अरब इमिरेट्स, बहराइन, कुबेत, कतार, ओमन, साउदी अरबमा भिजिट भिसामा भ्रमण गर्दा स्वघोषणा गर्नुपर्ने कार्यविधिमा उल्लेख भएकाले उक्त मापदण्डलाई कतिपयले दुरुपयोग गर्न थालेपछि  कडाइ गरिएको अध्यागमन कार्यालयका प्रमुख पन्थीले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार