वीरगन्ज,२ असार । पर्साबाट प्रतिबििन्धत लागुऔषसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगन्ज र जिल्ला प्रहरी कार्यालय पर्साको मातहत प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलीले भारतबाट संकाष्पदरूपमा पैदल नेपालतपर्m अउँदै गरेका उनीहरूलाई चेकजाँच गर्दा लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका– ३ का २० वर्षीया अनुप थापा श्रेत्री, सोही ठाउँ बस्ने २० वर्षीया सरोज राना मगर र जितपुर सिमरा उमहानगरपालिका– १६ का कुशल मगर रहेका छन् ।

हिंडिरहेको उनीहरुलाई चेकजाँच गर्दा थापा क्षेत्रीको साथबाट प्रतिबन्धित लागु औषध डाईजेपाम ४० एम्पुल, फेनारगन ४० एम्पुल, नुरफिन(४० एम्पुल सहित उनीहरुलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारीप्रहरी नायब उपरिक्षक दिपक भारतीले एनपीडीलाई जाकारी दिए ।
यस सम्बन्धमा लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।