आइतवार, साउन ६, २०८१
Sun, July 21, 2024

बङ्गलादेशबाट आज मात्र ४२०...

६ साउन, काठमाडौं । बङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली...

विपद्मा परी १३० जनाको...

६ साउन,काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा...

दैनिक ९७ सडक दुर्घटना,...

६ साउन, काठमाडौं । नेपालमा प्रत्येक दिन औसत ९७ वटा सानाठूला सवारी दुर्घटना...

मुख्यमन्त्री सिंहले गरे मन्त्रालयको...

६ साउन, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले  सरकारी कार्यालयका कर्मचारीले लापरबाही...
24.1 C
Kathmandu
29.9 C
Birgunj

सिरहामा चिरपट प्रहारबाट एक जनाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०५ असार । सिरहामा मामाको छोराले चिरपट प्रहार गर्दा फुपूको छोराको मृत्यु भएको छ । गोलबजार नगरपालिका १० धर्मपुरका २८ वर्षीय फेकु भन्ने संजय सदाले आफ्नै फुपूको छोरा ४० वर्षीय गेनी सदायमाथि सामान्य विवादमा चिरपट प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

- Advertisement -

खाना खाने समयमा खानाकै विषयमा विवाद सुरु भएको थियो । विवादकै क्रममा संजयको चिर्पट प्रहारबाट गम्भीर घाइते दाइ गेनीको उपचारको क्रममा बुधबार मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर शुनिल कार्कीले जानकारी दिए ।

सामान्य विवादबाट सुरु भएको झगडा मदिरा पीएर मातेकाका कारण चिर्पट हानाहानमा पुगेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटनामा संलग्न संजयलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

- Advertisement -

घटना राति नै भएपनि प्रहरीले बिहान ५ बजेमात्र जानकारी पाएको थियो । जानकारी पाउनसाथ पुगेका अचेत अवस्थामा रहेका गेनीलाई उपचारको लागि गोलबजारस्थित अस्पतालमा ल्याइएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

 

NCHIL

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार