आइतवार, साउन ६, २०८१
Sun, July 21, 2024

मुख्यमन्त्री सिंहले गरे मन्त्रालयको...

६ साउन, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले  सरकारी कार्यालयका कर्मचारीले लापरबाही...

महिला एशिया कप: नेपालले...

६ साउन, काठमाडौं । जारी महिला एशिया कप अन्तर्गत नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य...

लुम्बिनीमा नयाँ सरकार गठनको...

६ साउन, काठमाडौं । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएको छ । प्रदेश...

प्रधानमन्त्रीमाथि विश्वासको मतदानमा अनुपस्थित...

६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाबाट दुई तिहाइ...
24.1 C
Kathmandu
29.9 C
Birgunj

२ करोड ७१ लाख मूल्यको भेपसहित ५ जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

हेटौडा,७ असार । मकवानपुर प्रहरीले ५८ कार्टुन चाइनिज भेपसहित ५ जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट भारततर्फ जादैँ गरेको ना. ६ ख ७१६३ नम्बरको यात्रुवाहक बसमा २ करोड ७१ लाख मूल्य बराबरको अवैध चाइनिज भेप तथा भेपको फ्लेवर फेला परेको मकवापुरका एसपी सिताराम रिजालले जनाएको छ ।

- Advertisement -

बागमाती प्रदेश प्रहरी कार्यालय सहितको रिजालको कमाण्डमा खटिएको सयुक्त टोलीले बिहिबार साँझ हेटौडा–११ थाना भ¥याङबाट भेप बरामद गरेको हो ।

बस चालक दोलखा भिमेश्वर नगरपालिका–२ का ३७ वर्षीय सलाम मोक्तान, सहचालक उदयपुर कटारी नगरपालिका–११ का २७ वर्षीय प्रविन्द्र राना, नुवाकोट दुप्चेश्वर गाउँपालिका–७ घर भएका ३९ वर्षीय इन्द्रबहादुर दर्जी, सोही ठाउँका ३० वर्षीय सन्तोष भुसाल र धनकुटा बेलका नगरपालिका वडा नम्बर–१६ का २९ वर्षीय राजकुमार हिमाङलाई प्रहरीले पक्राउ गरेको छ ।
बसमा भारत जाने यात्रुसमेत रहेको र बस भारत–नेपाल ओहोरदोहोर गर्ने नभई भेप तस्करीकै लागि भाडामा लिएर प्रयोग गरेको अनुसन्धानबाट खुलेको एसपी रिजालले बताए ।

- Advertisement -

प्रहरीले बससहित पक्राउ परेका पाँचै जनालाई थप कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी गरेको छ ।

उक्त भेप काठमाडौंको गोङ्गबु बसपार्कभन्दा माथि रमाइलो डाँडाबाट लोड गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी रिजालले बताएका छन्र ।

एक महिनालाई बस भाडामा लिएर नेपाल, भारत र अन्य देशका यात्रुहरूलाई भारत घुमाउने भन्दै नेपालस्थित भारतीय दूतावासबाट ५ असारमा मात्रै रोड पर्मिट लिएको खुलेको एसपी रिजालले जनाएकाे छ । ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार