[ndc-today-date]
[ndc-today-date]

बीरगन्ज महानगरमा जनसम्पर्क सल्लाहकारको...

बीरगन्ज,०८ जेठ । बीरगन्ज महानगरपालिकाले सञ्चार तथा जनसम्पर्कलाई थप व्यवस्थित र प्रभावकारी बनाउन...

एनसीएचएलको अध्यक्षमा चेतप्रसाद उप्रेती...

काठमाडौं,०८ जेठ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा नेपाल राष्ट्र...

रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा...

दोलखा,०८ जेठ । रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन्...

राजावादीको आन्दोलनमाथि नै प्रतिबन्ध...

काठमाडौं,०८ जेठ । राजसंस्थाको पुनःस्थापनाको पक्षमा जुट्दै गरेका राजावादीहरूको आन्दोलनमाथि सरकारले कडा निगरानी...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

एक अर्बको लगानीमा चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’ सञ्चालन

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

२४ असार, चितवन । कालिका नगरपालिका–१ स्थित लङ्कालाइनमा रु एक अर्बभन्दा माथिको लगानीमा ‘रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ ।  हिमाल, पहाड र तराईको रहनसहन अनुसारका परिकार पस्किने र संस्कृतिलाई जीवन्त झल्काउने गरी पर्यटन व्यवसायी लाक्पा ढुण्डुप लामाका अगुवाइमा  हालै रिसोर्ट सञ्चालनमा आएको हो ।

- Advertisement -

व्यवसायी लामाले गोरखाको विकट चुमनुब्री गाउँपालिकाको नामरुङमा पनि रिसोर्ट  सञ्चालन गर्दै आएका छन् । जहाँ बाह्य पर्यटक हेलिकोप्टरमार्फत पुग्ने गर्दछन् । उनले भने, “लङ्कालाइनमा सञ्चालित रिसोर्टको विशेषता भनेकै  हिमाल, पहाड र तराई सबै भूगोलका परिकार, रहनसहन र संस्कृतिलाई एकै स्थानमा पस्किने नै हो ।”  रिसोर्टका अर्का सञ्चालक सुशील चौधरीका अनुसार स्वस्थ रहन रिसोर्टका सबै कोठामा ‘वेलनेस प्रविधि’समेत जडान गरिएका छन् ।

उनले भने, “रिसोर्टलाई प्रविधि र सेवा सुविधाका दृष्टिकोणले उत्कृष्ट बनाउने प्रयास गरिएको छ । सबै भौगोलिक क्षेत्रअनुसारका संस्कृति, रहनसहन, जनजीवन झल्काउने तीन भिल्ला रिसोर्टमा छन् । पौडीपोखरी भिल्लाभित्रै छन् । एउटा भिल्ला सञ्चालनमा आइसकेको छ । दुई सञ्चालनको अन्तिम तयारीमा छन् ।”

- Advertisement -

उनका अनुसार दुई बिघा क्षेत्रफलमा फैलिएको सो रिसोर्टमा थारु सांस्कृति झल्किने आठ कोठा पनि छन् । रिसोर्टको व्यवस्थापकीय जिम्मेवारी मलेसियन नागरिक डोनाल्ड चले निर्वाह गरिरहेका छन् । उनले भने “यो रिसोर्टलाई विश्वकै नमूना रिसोर्टमध्येको एक बनाउने प्रयासमा छौँ । संस्कृति, रहनसहन, जनजीवनअनुसारको परिकार त छँदै छ । यहाँभित्र पोलिक्लिनिकसमेत छ । विश्वमा बनेका आधुनिक उपकरणको प्रयोग गरेर एलोपेथी र नेचुरोपेथीको समिश्रणमार्फत उपचारको व्यवस्थासमेत गरिएको छ । ”

पर्यटन व्यवसायी लामा, चौधरी र राजेन्द्र महतोको साझेदारीमा सो रिसोर्ट सञ्चालनमा आएको हो । व्यवसायी लामाका अनुसार अत्याधुनिक रिसोर्टमा आकस्मिक स्वास्थ्य उपचारसहित हेलिप्याडको समेत सुविधा रहेको छ भने निजी भिल्ला लिएर बस्ने पाहुनाले निजी स्वीमिङ पुल, साउना, ज्याकुचीलगायतको सुविधा पाउने छन् ।

यहाँ हिमाल वरपरको स्याउका परिकार, भिर मौरीको मह, यार्सागुम्बालगायत जडीबुटी, जडीबुटीबाट निर्मित तेल, हिमाली खाद्यान्न बिक्रीका लागि राखिएका छन् । व्यवसायी लामाले भने, “ चितवनको थारु परिकार, जनजीवन रिसोर्टमा पाइन्छ । रिसोर्टमा हालसम्म रु ५० करोडभन्दा बढी लगानी भइसकेको छ । आगामी छ महिनाभित्रमा पूर्णरुपमा सञ्चालन आउँदै गर्दा लगानी रु एक अर्ब माथि नै  पुग्ने छ । ”

यहाँ आएका पर्यटकलाई चितवन राष्ट्रिय निकुञ्ज, सिराइचुली, देवघाटलगायतका पर्यटकीय गन्तव्यमा घुमाउने व्यवस्था मिलाएको व्यवसायी चौधरीले बताए ।  हालै रिसोर्टको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले शुभारम्भ गरे ।  

ताजा समाचार

spot_img

थप समाचार