आइतवार, साउन ६, २०८१
Sun, July 21, 2024

मुख्यमन्त्री सिंहले गरे मन्त्रालयको...

६ साउन, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले  सरकारी कार्यालयका कर्मचारीले लापरबाही...

महिला एशिया कप: नेपालले...

६ साउन, काठमाडौं । जारी महिला एशिया कप अन्तर्गत नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य...

लुम्बिनीमा नयाँ सरकार गठनको...

६ साउन, काठमाडौं । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएको छ । प्रदेश...

प्रधानमन्त्रीमाथि विश्वासको मतदानमा अनुपस्थित...

६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाबाट दुई तिहाइ...
24.1 C
Kathmandu
29.9 C
Birgunj

फ्रान्समा अप्रत्याशित नतिजा, वामपन्थी गठबन्धन बन्यो ठुलो दल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

२४ असार, काठमाडौं । फ्रान्सको संसदीय निर्वाचनको प्रारम्भिक परिणामले आश्चर्यजनक नतिजा दिने सम्भावना देखिएको छ । पहिलो चरणमा अगाडि रहेको अति दक्षिणपन्थी नेशनल र्‍याली पार्टी पछिल्लो अनुमानमा आश्चर्यजनक रूपमा तेस्रो स्थानमा झरेको छ ।

- Advertisement -

वामपन्थी र केन्द्रवादी पार्टीहरूबीच भएको रणनीतिक सहमतिका कारण यो सम्भव भएको हो । एक साताअघि पहिलो चरणमा चरम दक्षिणपन्थी नेशनल र्‍याली (आरएन) पार्टीले अग्रता लिए पनि अहिले दोस्रो चरणमा न्यू पपुलर फ्रन्ट (एनएफपी) सबैभन्दा बढी मत ल्याउँदै अगाडि रहेको छ ।

राष्ट्रपति इमानुएल म्याक्रोनको केन्द्रवादी पार्टी एन्सेम्बल एलायन्स दोस्रो स्थानमा आउने अनुमान गरिएको छ । तर, कुनै पनि गठबन्धनले आफ्नै बलमा बहुमत ल्याउन सक्ने अवस्था छैन । अबको प्रधानमन्त्री को हुन् भन्ने स्पष्ट भइसकेको छैन तर म्याक्रोनको पार्टीका वर्तमान प्रधानमन्त्री गेर्बियल अट्टलले राजीनामा दिने बताएका छन् ।

- Advertisement -

अहिलेसम्मको परिणाम अनुसार ५७७ सदस्यीय फ्रान्सको तल्लो सदनमा बामपन्थी गठबन्धनले १८२ सिट जितेको छ भने राष्ट्रपति म्याक्रोनको गठबन्धन एन्सेम्बल एलायन्सले १६८ सिट जितेको छ । त्यस्तै नेशनल र्‍यालीले १४३ सिट जितेको फ्रान्सका मिडियाले उल्लेख गरेका छन् ।

यस सम्भावित ठूलो अप्ठ्यारोको कारण धेरै वामपन्थी र केन्द्रवादी उम्मेदवारहरूले अति दक्षिणपन्थी राष्ट्रिय र्‍यालीको विरुद्धमा मतदाताहरूबीच विभाजन हुन नदिन चुनावी दौडबाट पछि हटेका थिए । फ्रान्स अनबाउड पार्टीका नेता जीन-लुक मेलेनचोनले एनएफपीको सम्भावित विजयलाई अति दक्षिणपन्थीहरू विरुद्धको जीत र म्याक्रोनको एजेन्डाको हार भनेका छन् । 

मध्य पेरिसको प्यालेस डे ला रिपब्लिकमा वामपन्थी समर्थकहरूले विजय र्‍याली गरिरहेका छन्। नेशनल र्‍यालीका नेता जोर्डन बर्डेलाले ‘बेइमानहरूको गठबन्धन’ ले आफ्नो पार्टीलाई सत्ताबाट धकेलेको र फ्रान्सलाई कट्टरपन्थी वामपन्थीको हातमा राखेको बताएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार