आइतवार, साउन ६, २०८१
Sun, July 21, 2024

बङ्गलादेशबाट आज मात्र ४२०...

६ साउन, काठमाडौं । बङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली...

विपद्मा परी १३० जनाको...

६ साउन,काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा...

दैनिक ९७ सडक दुर्घटना,...

६ साउन, काठमाडौं । नेपालमा प्रत्येक दिन औसत ९७ वटा सानाठूला सवारी दुर्घटना...

मुख्यमन्त्री सिंहले गरे मन्त्रालयको...

६ साउन, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले  सरकारी कार्यालयका कर्मचारीले लापरबाही...
24.1 C
Kathmandu
29.9 C
Birgunj

एक दशकपछि सर्वौच्चको फैसला आर्दशनगर रंगशाला अगाडिको जग्गा वीरगन्ज महानगरपालिकाको हुने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,२४ असार । वीरगन्ज महानगरपालिका वाड नं. १० स्थित आदर्शनगर रगंशालाको अगाडीको सार्वजनिक जग्गाको विवादमा एक दशक पछि सर्वौच्च अदालतले वीरगन्ज महानगरपालिकाको पक्षमा फैसला गरेको छ ।

- Advertisement -

जुगुनु राज्य लक्ष्मी साहले उक्त सार्वजनिक जग्गा आफ्नो भन्दै जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालत हेटौँडाबाट समेत आफ्नो पक्षमा फेसला गराउ सफल भए पनि आइतार सर्वौच्च् अदालतले जिल्ला र पुनरावेदन अदालतको फैसलालाई बदर गरी महानगरपालिकाको पक्षमा फैसला सुनाएको हो ।

जिल्ला र पुनरावेदन अदालतको फैसला चित्त नबुझेको भन्दै मुद्धा दोहोर्याई हेरी पाउँ भनि तत्कालिन वीरगन्ज उपमहानगरपालिका (हाल वीरगन्ज महानगरपालिका)ले २०६८ साल साउन २० गते सर्वोच्च अदालतमा निवेदन दिएको थियो । सर्वोच्चले २०७१ असार २० गते मात्रै मुद्दा दोहोर्याई हेरी पाउने निस्सा दिएको थियो ।

- Advertisement -

त्यसपछि पटक–पटक पेशी चढेर विभिन्न आदेश हुँदै आइतबार भने सर्वोच्च अदालतका न्यायाधिशद्वय डा.कुमार चुडाल र कुमार रेग्मीको संयुक्त इजलासले जिल्ला र पुनरावेदन अदालतको फैसला बदर गर्दैउक्त जग्गा महानगरपालिकाको हुने फैसला गरेको हो ।

योसँगै वर्षौदेखि देखिएको उक्त जग्गाको विवाद निरुपण भएको छ ।सर्वोच्च अदालतमा आइतबार महानगरको पक्षबाट अधिवक्ता कमलमोहन पोखरेल, प्रमोद प्रसाद, सुरेश पोखरेल, इश्वर बराल र धन बहादुर थापाले बहस गरेका थिए । जुगुनुको तर्फबाट भने पूर्व महान्यायाधिवक्ता समेत रहेका महादेव यादव, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, सुधिर कर्ण लगायत ८ जनाले बहस गरेका थिए।

तत्कालिन छपकैया गाउँ पंचायत वडा नंबर ७ हाल वीरगन्ज महानगरपालिका वडा नंबर १० आदर्शनगर रंगशाला अगाडीको कित्ता नंबर ५७ को करोडौ मुल्य पर्ने ३ कट्ठा ९ धुर जग्गा अब महानगरको अधिनमा आएको छ ।

सर्वोच्चको आदेशसँगै सार्वजनिक जग्गा व्यक्तिगत बनाउन खोज्नेहरुको प्रयास विफल भएको महानगरका मेयर राजेशमान सिंहले बताए ।

अतिक्रमित सार्वजनिक जग्गाको खोजी गर्दै खाली गराउने अभियानका साथै विभिन्न समयमा अदालतमा जाहेर भएका जग्गा सम्बन्धी मुद्दाहरुमा समेत प्रमाण संकलन गरेर महानगरले आफ्नो पक्षमा ल्याउने काम गरिरहेकोमा मेयर सिंहले महानगरको यस जग्गा अतिक्रमण फिर्ता गर्ने अभियानमा साथ दिन सम्र्पुण सरोकारवाला पक्षहरुलाई अनुराेध पनि गरेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार