आइतवार, साउन ६, २०८१
Sun, July 21, 2024

दैनिक ९७ सडक दुर्घटना,...

६ साउन, काठमाडौं । नेपालमा प्रत्येक दिन औसत ९७ वटा सानाठूला सवारी दुर्घटना...

मुख्यमन्त्री सिंहले गरे मन्त्रालयको...

६ साउन, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले  सरकारी कार्यालयका कर्मचारीले लापरबाही...

महिला एशिया कप: नेपालले...

६ साउन, काठमाडौं । जारी महिला एशिया कप अन्तर्गत नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य...

लुम्बिनीमा नयाँ सरकार गठनको...

६ साउन, काठमाडौं । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएको छ । प्रदेश...
24.1 C
Kathmandu
29.9 C
Birgunj

ललितपुरमा बसेर सुन तस्करी गर्ने भारती गिरोहको फ्ल्याट फेला,६ जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२४ असार । ललितपुरमा बसेर सुन तस्करी गर्ने गिरोहको फ्ल्याट फेला परेकाे छ । गिरोहले सुन तस्करी गर्न भाडामा लिएको चारवटा फ्ल्याट भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले बताए ।

- Advertisement -

चारवटै फ्ल्याटमा छापा मारेर दुईवटा सुन गाल्ने मेसिन, डेढ केजी भन्दा धेरै सुन र सुनको गुणस्तर परीक्षण गर्ने मेसिन बरामद गरेको ललितपुर प्रहरीले जनाएकाे छ । ललितपुर स्थित ताल्छिखेलमा दुई ठाउँमा, पाटन र काठमाडौँको टोखा नगरपालिका–५ मा उनीहरूले भाडामा फ्ल्याट लिएर सुनको कारोबार गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धा निष्र्कष छ ।

बरामद सामान सहित कारोबारमा संलग्न ६ जनालाई पक्राउ गरिएको छ । आरोपीहरूलाई कानुनी कारबाहीका लागी राजस्व अनुसन्धान विभागमा बुझाइएको एसपी सुवेदीले जानकारी दिए ।

- Advertisement -

असार २० मा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले ललितपुर महानगरपालिका–१४ मा २८ वर्षका भारतीय नागरिक युवराज विभुतेले भाडामा लिएको फ्ल्याटमा छापा मारेको थियो । त्यस दिन विभुेतेसहित ५ जना पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा भारत घर भएका २० वर्षीय विक्रम यलवर, १८ वर्षीय अभिषेख विभुते, भक्तपुर सूर्यविनायक नगरपालिका–१ बिरुवा बस्ने वर्ष २० को सिद्धान्त चौलागाईं, ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर–८ बस्ने २० वर्षीय यसवन्त सुनार छन् । फ्ल्याटबाट प्रहरीले ५० लाख नगद बरामद गरेको थियो ।

उनीहरूको बयानको आधारमा महाराष्ट्र घर भएर काठमाडौँ–५ टोखा बस्ने २१ वर्षीय विजय सम्पत खिलारी पक्राउ परे । खिलारी बस्ने फ्ल्याटबाट प्रहरीले १ केजी सुनको बिस्कुट र १५ वटा साना ढिक्का बरामद गरेको थियो । उनको फ्ल्याटमा ७ लाख ९७ हजार नगद बरामद गरेको थियो ।

सुनको गुणस्तर परीक्षण गर्ने मेसिन पनि बरामद गरिएको एसपी सुवेदीले जनाएकाे छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार