शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025
शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025

प्याब्सन पर्साले आयोजना गर्ने...

प्याब्सन पर्साले आगामी फागुन ५ गतेदेखि सुरु हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२०...

पेन्सन बन्चित शिक्षक संघर्ष...

बीरगन्ज,०२ फागुन । पेन्सन बन्चित शिक्षक संघर्ष समिती पर्साले आज बीरगन्ज महानगर कमिटि...

खानेपानी मन्त्री यादवको निर्देशनमा...

बीरगन्ज,०२ फागुन ।  खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको बीरगन्ज महानगरपालिकामा नयाँ खानेपानी...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
10.8 C
Birgunj
spot_imgspot_imgspot_img

प्रधानमन्त्रीको बचाउमा रास्वपा, सांसद झा भन्छन्- विश्वासको मतमा जाँदा कांग्रेस-एमाले डराए

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२४ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संविधान र मुलुकको प्रणालीलाई दलहरूले अविश्वास गरेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै झाले प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिन खोजेपछि त्यसबाट डराएर राजीनामा मागिरहेको बताएका हुन् ।

यसले संविधान र मुलुकको प्रणालीलाई दलहरूले अविश्वास गरेको देखिएको दाबी उनले गरे। कांग्रेस–एमालेलाई चारदिनमा अर्को राजनीतिक परिस्थिति सिर्जना हुने डर पैदा भएको आरोपसमेत लगाएका छन्। सांसद झाले कांग्रेस–एमाले सहमतिप्रति पनि आशंका व्यक्त गरे । उनले २०५९ सालमा ज्ञानेन्द्र शाहलाई र २०६९ साल चैत्रमा खिलराज रेग्मीलाई संविधान, सदन र सरकार बुझाएझैँ अहिले पनि त्यसरी नबुझाउन सुझाव दिए ।

नयाँ बन्ने सरकारले काम गर्न नसके आफूहरू पालो कुरेर बसेको भन्दै उनले कुनै बेचेनको सहकार्यबिना देशलाई पार लगाउने दाबी गरे । सांसद झाले सञ्चारमाध्यमका आएका तर्कहरूका आधारमा सहकारी प्रकरणमा संसदीय छानबिन गठन गरिएको भन्दै अहिले बाहिरिएका राजनीतिक पद र अख्तियारी दुरुपयोगका घटनामा कुन समिति बनाउने भन्दै प्रश्न पनि गरेका छन् ।

ताजा समाचार

spot_img

थप समाचार