सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025
सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025

बिहे भोजमा झडप धारिलो...

बाँके,२८ माघ । बाँकेमा बिहे भोजमा युवकहरूबीच कुटाकुट हुँदा एक किशोरको मृत्यु भएको...

महाकुम्भ मेला: हालसम्म ४२...

काठमाडाैं,२८ माघ  । महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरू आउँदै छन् । यस प्राचीन...

मुख्यमन्त्री सिंहद्वारा नदीजन्य पदार्थको...

जनकपुर,२८ माघ । नदीजन्य पदार्थको अवैध तथा अनुचित दोहनविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार...

मधेस प्रदेशकै सर्वाधिक धनराशीको...

बीरगन्ज,२८ माघ ।  मधेस प्रदेशकै सर्वाधिक धनराशीको दोस्रो बीरगन्ज गोल्डकप २०८१ फागुनको दोस्रो...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
17.2 C
Birgunj
spot_imgspot_imgspot_img

सरकार आफैँ हुण्डी कारोबारमा संलग्न छः प्रभु साह

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२४ असार । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकार आफैँ हुण्डी कारोबारमा संलग्न रहेको आरोप लगाएका छन् । कालोधनलाई सेता बनाउन सरकारका मन्त्रीहरुनै कानूनले प्रतिवन्ध लगाएको हुण्डी कारोकारमा संलग्न रहेको उनले जिकिर गरे ।

- Advertisement -

उनले भने, ‘हुण्डी कारोबारका कारण कालो धन सफेद हुने अवस्था छ । सरकार आफै हुण्डी कारोबारमा संलग्न छ ।’

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष साहले सरकारका मन्त्री, उच्च ओहोदाका कर्मचारी र ठूल्ठूला व्यापारिक घरानाले मिलेर हुण्डी कारोबारको सञ्जाल नै बनाएको उल्लेख गर्दै त्यसले मुलुकलाई आर्थिक रुपमा झनै बर्बाद बनाउने खतरा बढेकाे बताए । उनले हुण्डी कारोबारकै कारण राजश्व छली हुने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न पनि सरकारलाई सचेत गराए ।

- Advertisement -

‘सरकार उच्च ओहोदाका मान्छेहरु हुण्डी कारोबारमा संलग्न छन् । मन्त्रीहरु, ठूल्ठूला व्यापारिक घरानाहरु हुण्डी कारोबारमा संलग्न छन्। ‘ उनले भने ।

अध्यक्ष साहले बैंकहरु समेत हुण्डी कारोबारमा संलग्न देखिएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘बैंकहरु आफैं अप्रत्यक्ष रुपमा त्यसमा संलग्न छन् । र, नेपाल यसरी बर्बाद हुँदैछ । राजस्व दिनदहाडै छली हुन्छ । भन्सार छली हुण्डीकै कारण भएको छ ।’

ताजा समाचार

spot_img
spot_img

थप समाचार