Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025
Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

यूएईका परराष्ट्रमन्त्री शेख अब्दुल्लाह...

काठमाडौं,०९ बैशाख । संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री महामहिम शेख...

रवि लामिछानेको निवेदनको सुनुवाइ...

काठमाडौं,०९ बैशाख । सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका रास्वपा...

तीनकुने घटना : मुख्य...

काठमाडौँ,०९ वैशाख । तीनकुनेमा गत १५ चैतमा भएको हिंसात्मक राजावादी प्रदर्शनका मुख्य योजनाकार...

सातै प्रदेशका मुख्यमन्त्री र...

काठमाडौँ,०९ वैशाख । सातवटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूलाई लक्षित गर्दै दायर गरिएको...
spot_imgspot_imgspot_img
30.1 C
Kathmandu
41.7 C
Birgunj
spot_imgspot_imgspot_img

मधेश प्रदेशमा मन्त्रालय बाँडफाँटबारे कांग्रेस र लोसपाको आ-आफ्नै अडान

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्ज,२४ असार । । मधेश प्रदेशमा हालैको सत्ता समीकरण फेरबदलपछि नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनले नयाँ सरकार गठनको तयारी गरेको छ। यो गठबन्धनको कार्यान्वयनसँगै माओवादी केन्द्रसहितको एमाले गठबन्धन भत्किएको छ। मुख्यमन्त्री सतीशकुमार सिंहले कांग्रेस र एमालेको समर्थनमा विश्वासको मत प्राप्त गरेका छन्।

- Advertisement -

कांग्रेस, एमाले र लोसपा नेपालले नयाँ सरकार गठन गर्न मन्त्रालय बाँडफाँटमा छलफल जारी राखेका छन्। कांग्रेसले चार मन्त्रालय र लोसपाले दुई मन्त्रालयको अडान राखेपछि मुख्यमन्त्री सिंहले निर्णय गर्न सकिरहेका छैनन्। कांग्रेसले चारवटा मन्त्रालय पाएको भन्दै मन्त्रीहरुको नामसमेत टुंगो लगाएको छ। जनार्दनसिंह क्षेत्री, सुनिल यादव, शेषनारायण यादव र कौशलकिशोर राय कांग्रेसका तर्फबाट सम्भावित मन्त्रीको सूचीमा छन्।

लोसपाले दुई मन्त्रालय पाउनु पर्ने अडान लिएको छ। महासचिव परमेश्वर साहले लोसपाका तर्फबाट रानी कुमारी तिवारी र जैनुल राइनको नाम मन्त्री बन्ने सम्भावित सूचीमा रहेको बताए। मुख्यमन्त्री सिंहले विश्वासको मत लिनुअगावै माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका ६ जना मन्त्रीलाई बर्खास्त गरेका थिए। सत्ता समीकरण बदलिएसँगै कांग्रेस र लोसपा सहभागी हुने तयारी भइरहेको छ।

- Advertisement -

मन्त्रालय बाँडफाँट सोमबार टुंगो लगाएर कांग्रेस र लोसपा सरकारमा सहभागी गराउने मुख्यमन्त्री सिंहको तयारी रहेको छ। कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णकुमार यादवले कांग्रेसले चार मन्त्रालय पाउने सहमति भएको बताएका छन्, तर मन्त्रालयको बाँडफाँटमा अन्योल कायमै छ।

नयाँ गठबन्धन अनुसार प्रदेश सरकारमा कांग्रेस र लोसपा सहभागी हुने छन्। कांग्रेस र एमाले गठबन्धनको निर्णय पहिलो पटक मधेश प्रदेशमै कार्यान्वयनमा आएको छ। सोमबार मन्त्रिपरिषद् पुनर्गठन गरी नयाँ मन्त्रीहरुलाई सपथ गराउने तयारी भइरहेको छ।

ताजा समाचार

spot_img

थप समाचार