आइतवार, साउन ६, २०८१
Sun, July 21, 2024

मुख्यमन्त्री सिंहले गरे मन्त्रालयको...

६ साउन, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले  सरकारी कार्यालयका कर्मचारीले लापरबाही...

महिला एशिया कप: नेपालले...

६ साउन, काठमाडौं । जारी महिला एशिया कप अन्तर्गत नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य...

लुम्बिनीमा नयाँ सरकार गठनको...

६ साउन, काठमाडौं । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएको छ । प्रदेश...

प्रधानमन्त्रीमाथि विश्वासको मतदानमा अनुपस्थित...

६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाबाट दुई तिहाइ...
24.1 C
Kathmandu
29.9 C
Birgunj

संघ सरकारले पालिकाहरूको बजेट कटौती ७ प्रतिशतमा र्झा¥र्यो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,२४ असार । संघ सरकारले चालू आर्थिक वर्षमा पालिकाहरूलाई प्रदान गर्दै आएको बजेटमा करीब २५ प्रतिशत अनुदान सहयोग कटौती गर्ने घोषणा गरेको थियो। तर, असार १९ गतेसम्म सरकारले यस कटौतीलाई पुनरावलोकन गर्दै सात प्रतिशत मात्र अनुदान सहयोगमा कटौती गरेको छ र बाँकी रकम पालिकाहरूमा पठाएको छ।

- Advertisement -

कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्साका अनुसार पालिकाहरूमा सात प्रतिशत मात्र बजेट कटौती गरेर बाँकी बजेट असार १९ गतेसम्म पठाइसकिएको छ।

वीरगञ्ज महानगरपालिकाको बजेट विवरण

- Advertisement -

वीरगञ्ज महानगरपालिकाले सरकारबाट पाउनुपर्ने अनुदान सहयोगबापतको वार्षिक बजेट १ अर्ब ३३ करोड २० लाख सात हजारमध्ये ७ प्रतिशत कटौती भएर १ अर्ब ३० करोड ३५ लाख ५९ हजार प्राप्त गरेको जनाएको छ।

अन्य पालिकाहरूको बजेट विवरण
पोखरिया नगरपालिका: ३३ करोड ४७ लाख ९३ हजार पाउनुपर्नेमा ३२ करोड चार लाख ३३ हजार,पर्सागढी नगरपालिका: ३३ करोड १४ लाख ८३ हजार पाउनुपर्नेमा ३२ करोड १२ लाख ७१ हजार,बहुदरमाई नगरपालिका: ३२ करोड ७८ लाख ८३ हजार पाउनुपर्नेमा ३१ करोड ५५ लाख १० हजार,छिपहरमाई गाउँपालिका: २५ करोड ८० लाख ३२ हजार पाउनुपर्नेमा २४ करोड ४९ लाख दुई हजार,जगरनाथपुर गाउँपालिका: २९ करोड २२ लाख ८३ हजार पाउनुपर्नेमा २८ करोड १३ लाख २३ हजार,धोबिनी गाउँपालिका: २१ करोड ४० लाख ८३ हजार पाउनुपर्नेमा २० करोड ४० लाख १९ हजार,पकाहामैनपुर गाउँपालिका: २१ करोड ७९ लाख ८३ हजार पाउनुपर्नेमा २० करोड ३४ लाख ५५ हजार,पटेर्वासुगौली गाउँपालिका: २२ करोड २४ लाख पाउनुपर्नेमा २१ करोड ४७ लाख तीन हजार,विन्ध्यवासिनी गाउँपालिका: २२ करोड २४ लाख पाउनुपर्नेमा २१ करोड ४७ लाख तीन हजार,सखुवाप्रसौनी गाउँपालिका: ३३ करोड १७ लाख ९५ हजार पाउनुपर्नेमा ३१ करोड ७२ लाख १५ हजार,ठोरी गाउँपालिका: २९ करोड ८१ लाख २३ हजार पाउनुपर्नेमा २८ करोड ६८ लाख ११ हजार,कालिकामाई गाउँपालिका: २२ करोड ५८ लाख ४५ हजार पाउनुपर्नेमा २१ करोड ८४ लाख ८४ हजार,जीराभवानी गाउँपालिका: २३ करोड २६ लाख ९१ हजार पाउनुपर्नेमा २१ करोड ६२ लाख ९९ हजार ७०२
पर्सा जिल्लाको बजेट विवरण

चालू आवमा सरकारले पर्सा जिल्लाका चारवटा पालिकाहरूको लागि चार अर्ब ८९ करोड ७२ लाख ६४ हजार अनुदान सहयोग घोषणा गरेकोमा सात प्रतिशत कटौती गरेर चार अर्ब ७० करोड ८८ लाख ७३ हजार ७०२ निकासा गरिसकेको कोलेनिका, पर्साले जानकारी दिएको छ।

 

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार