Date
बुध, पुस ३०, २०८२
Wed, January 14, 2026
Date
बुध, पुस ३०, २०८२
Wed, January 14, 2026

नेशनल मेडिकल कलेज र...

वीरगञ्ज–३० पुस - नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल, वीरगञ्जबीच...

त्रिभुवन राजपथ सिफ्ट प्रकरणः...

वीरगञ्ज, ३० पुस — वीरगञ्ज बचाउ युवा व्यापारी संघर्ष समितिको अगुवाइमा दायर गरिएको त्रिभुवन...

राजनीतिक अस्थिरताले देशलाई खतरा,...

वीरगञ्ज, ३० पुस - मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय संयोजक एवं मानवअधिकारकर्मी...

देउवा समूहको कारबाहीमा सहमहामन्त्री...

वीरगञ्ज, ३० पुष  । नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिका सहमहामन्त्री फरमुल्लाह मन्सुर पनि सभापति...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
12.6 C
Birgunj
spot_img

वीरगन्जबाट लागु औषधसहित १ जना सशस्त्र प्रहरीकाे नियन्त्रणमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,२४ असार । लागूऔषध, किराना सामान र स्कार्पियो सहित सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म भन्सारले एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीको टोलीले वीरगन्ज महानगरपालिका–१६ भन्सार मेनगेटबाट रक्सौलबाट वीरगंजतर्फ आउदै गरेको वीरगन्ज–२ छपकैयाका १७ वर्षीया कुशल सिंह क्षेत्रीलाई प्रतिबन्ध्ति लागूऔषध सहित पक्राउ गरेको हो ।

भारतको रक्सोलबाट वीरगन्जतर्फ आउदै गरेका सिंहमाथि शंका लागेर सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रम्मा उनको साथवाट प्रतिबन्धित लागुऔषध ट्रामानिल ५० एमजीको ३०२ पत्ता (३०२० ट्याब्लेट) फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । लागुऔषध सहित नियन्त्रणमा लिईएको सिंहलाई आवश्यक कारवाहिकको लागि प्रहरी चौकी ईनरुवामा बुझाएको छ ।

त्यस्तै आईतबार नै सोही गुल्मबाट खटिएको टोलीले चेकप्वाईन्टको ५० मिटर उत्तर स्थित सडकमा पार्किङ्ग गरि राखेको बीआर ०१ पीए ७१६२ नम्बरको भारतीय स्कार्पियो पनि नियन्त्रणमा लिएको छ । चेकजाँच गर्दा गाडिभित्र २१ गते सम्मको मात्र प्रज्ञापनपत्र रहेको पाईएकोले नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यसैगरी भारतबाट अबैध रुपमा भन्सार छलि बिभिन्न सार्वजनिक सवारी साधनमा राखि वीरगन्जर्फ ल्याउदै गरेको ४७ हजार ६३० मूल्य बराबरको किराना सामान र नेपालबाट भन्सार छलि भारततर्फ लैजादै गरेको १४ हजार ८५० मूल्य बराबरको कस्तुरी र एम्बिशन मदिरा गरि ६२ हजार ४८० मूल्य बराबरको सामानहरु नियन्त्रणमा लिई भन्सार दाखिला गरेको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर वीरगन्ज पर्साले जनाएको छ ।

ताजा समाचार

थप समाचार