आइतवार, साउन ६, २०८१
Sun, July 21, 2024

बङ्गलादेशबाट आज मात्र ४२०...

६ साउन, काठमाडौं । बङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली...

विपद्मा परी १३० जनाको...

६ साउन,काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा...

दैनिक ९७ सडक दुर्घटना,...

६ साउन, काठमाडौं । नेपालमा प्रत्येक दिन औसत ९७ वटा सानाठूला सवारी दुर्घटना...

मुख्यमन्त्री सिंहले गरे मन्त्रालयको...

६ साउन, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले  सरकारी कार्यालयका कर्मचारीले लापरबाही...
24.1 C
Kathmandu
29.9 C
Birgunj

विराटनगरको एक युवाको हत्या, अन्य दुई घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

विराटनगर,२५ असार ।  विराटनगरमा एक युवाको हत्या भएको छ । अन्य युवा गम्भीर घाइते भएका छन् । मृतक र घाइतेको शरीरमा धारिलो हतियार प्रहार भएको छ ।

- Advertisement -

सोमबार राति १० बजेतिर विराटनगर महानगरपालिकाको नेपाल टेलिकमनजिक तीन युवा गम्भीर अवस्थामा भेटिएका थिए ।

घाइतेमध्ये कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको हो । कटहरी–१ जमटोकीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् ।

- Advertisement -

घाइतेको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । मृतक कामतको छाती र कम्मरको भागमा चक्कु प्रहार भएको प्रहरीले जनाएको छ । घाइते रायको अवस्था गम्भीर छ । उनको कोखा र ढाडमा धारिलो हतियार प्रहार भएको छ । मण्डलको पाखुरा र ढाडमा चोट छ ।

घटनामा संलग्नको खोजी भइरहेको छ । घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार