[ndc-today-date]
[ndc-today-date]

गम्हरिया फाउन्डेसनद्धारा श्री चण्डी...

बारा, ६ वैशाख । फेटा गाउँपालिकामा आयोजना हुने श्री चण्डी माई मेलाको व्यवस्थापनलाई...

बीरगन्जमा नेविसंघको ५५औं स्थापना...

बीरगन्ज, ६ वैशाख । नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५५औं स्थापना दिवस बीरगन्जमा...

शिक्षक महासंघको आकस्मिक बैठक...

काठमाडौं, ६ वैशाख । नेपाल शिक्षक महासंघले आज (शनिबार) दिउँसो सवा ३ बजे...

लामिछानेले चितवनमा एक रुपैयाँको...

काठमाडौं, ६ वैशाख । नेकपा (एमाले) का नेता तथा पूर्व सांसद कृष्णभक्त पोखरेलले...
spot_imgspot_imgspot_img
21.1 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

अरनिको राजमार्ग १४ घण्टापछी एकतर्फी सञ्चालन

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काभ्रेपलाञ्चोक,२५ असार । पहिरोका कारण १४ घण्टादेखि अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ । सोमबार राति ९ बजे राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका- ८ स्थित ५० किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।

- Advertisement -

सडक माथिबाट पहिरो खसिरहेकाले रातभर पन्छाउन असहज भएकामा बिहान ७ बजेदेखि दुईवटा मेसिनले आंशिक पहिरो पन्छाइ एकतर्फी यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राजमार्ग पूर्णरूपमा खुलाउन सुरक्षाकर्मीको निगरानीमा पहिरो पन्छाउने काम भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।

- Advertisement -

उनका अनुसार उक्त स्थानमा पहिरोको जोखिम भने कायमै रहेको छ । यहाँ पहिरो खसेर करिब दुई सय मिटर सडक अवरुद्ध भएको थियो । गएरातिदेखि नै सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ सवारी साधन रोकिएका थिए ।

साना सवारीलाई भने वैकल्पिक बाटोबाट गन्तव्यमा पठाइएको थियो ।

ताजा समाचार

spot_img

थप समाचार