बिहिबार, चैत्र ६, २०८१
Thu, March 20, 2025
बिहिबार, चैत्र ६, २०८१
Thu, March 20, 2025

गेटा अस्पतालको नयाँ निर्देशकमा...

काठमाडौं, ७ चैत्र । गेटा अस्पतालको नयाँ निर्देशकमा डा. प्रमोदकुमार यादव नियुक्त...

सर्लाहीमा एसईई परीक्षामा अनियमितता,...

जनकपुर, ७ चैत्र । माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८१ अन्तर्गत सर्लाहीका दुई परीक्षा...

लिपुलेक–कालापानी भ्रमण जाने अहिले...

काठमाडौं, ७ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले प्रधानमन्त्री केपी शर्मा...

नेपाल–चीनबीचका १४ व्यापारिक नाका...

काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच रहेका १४...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
35.2 C
Birgunj
spot_imgspot_imgspot_img

एचआईभी संक्रमणबाट पूरै सुरक्षित बनाउने सुइ बन्यो, क्लिनिकल ट्रायलमा शतप्रतिशत सफलता

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२५ असार । दक्षिण अफ्रिका र युगान्डामा एचआईभी संक्रमणबाट बचाउने औषधिको प्रमुख क्लिनिकल परीक्षण गरिएकोमा ठूलो सफलता प्राप्त भएको छ ।

यस परीक्षणको नतिजापछि अनुसन्धानकर्ताहरूले नयाँ प्रि-एक्सपोजर प्रोफिलेक्सिस औषधिले एचआइभी संक्रमणबाट पूरै सुरक्षित राख्न सक्ने बताएका छन् ।

यो औषधि सुइबाट दिइन्छ । यो सुइ वर्षमा दुई पटक लगाएका महिलाहरू एचआईभी संक्रमणबाट पूर्ण रूपमा सुरक्षित भएको क्लिनिकल ट्रायलको नजिजाले देखाएको अनुसन्धानमा संलग्न युनिभर्सिटी अफ केपटाउनले आफ्नो रिपोर्टमा जनाएको छ।

परीक्षणमा लेनाकापाभिर नामको यो औषधिको छ महिनाको इन्जेक्सन तथा अन्य २ औषधिले एचआईभी संक्रमण विरुद्ध कत्तिको सुरक्षा प्रदान गर्छन् भन्ने हेरिएको थियो । दुई अन्य औषधि दैनिक खाने चक्कीहरू हुन् ।

यी तीनवटै औषधिहरू प्रि-एक्सपोजर प्रोफिलेक्सिस औषधि हुन्। दक्षिण अफ्रिकी क्षेत्रमा क्लिनिकल ट्रायलको नेतृत्व गरेकी युनिभर्सिटी अफ केपटाउनकी प्राध्यापक, चिकित्सक तथा वैज्ञानिक लिन्डा-गेल बेकरले यो सफलता धेरै महत्त्वपूर्ण भएको र यसले एचआइभी संक्रमणबाट बचाउन ठूलो योगदान गर्ने बताइन् ।

यो परीक्षण युगान्डाका तीन साइटहरू र दक्षिण अफ्रिकाका २५ साइटहरूमा ५ हजार सहभागीहरूसँग गरिएको थियो। परीक्षणको क्रममा लेनाकापाभिर सुइ दिइएका २१३४ महिलामध्ये कुनै पनि महिला एचआईभी संक्रमित भएनन्। यो औषधि शतप्रतिशत प्रभावकारी साबित भएको छ ।

अन्य दुई औषधिहरूमध्ये ट्रुवाडा नामको औषधि दिइएका लिने १,०६८ महिलाहरू मध्ये १६ जना (१.५ प्रतिशत) र डेस्कोभी नामको औषधि दिइएका १,१३६ मध्ये ३९ जना (१.८ प्रतिशत) एचआईभी भाइरसबाट संक्रमित भए।

यो परीक्षण ‘डबल ब्लाइन्ड’ तरिकाले गरिएको थियो। यसको मतलब न त सहभागीहरू न त अनुसन्धानकर्ताहरूलाई थाहा थियो कि परीक्षण समाप्त नभएसम्म उनीहरूलाई कुन औषधि दिइयो।

भर्खरैको स्वतन्त्र डेटा सुरक्षा निगरानी बोर्ड समीक्षाको नतिजाले परीक्षणको ‘डबल ब्लाइन्ड’ चरण रोकिनुपर्छ र सबै सहभागीहरूलाई पीआरपीइको विकल्प प्रस्ताव गर्नुपर्छ भन्ने सिफारिस गरेको छ । यो बोर्डलाई भने कसलाई कुन औषधि दिइएको थियो भन्ने जानकारी दिइएको थियो ।

यस सफलताले एचआईभीबाट मानिसहरूलाई जोगाउन हामीसँग उच्च प्रभावकारी रोकथाम उपकरण उपलब्ध छ भन्ने ठूलो आशा जगाएको अनुसन्धानकर्ताले बताएका छन् । गत वर्ष विश्वभर १३ लाख मानिस एचआईभी संक्रमित भएका थिए । यद्यपि, यो २०१० मा रेकर्ड गरिएका २० लाख संक्रमणभन्दा कम हो।

यो परीक्षण ‘ओपन लेबल’ चरणमा जारी राख्ने योजनाहरू छन्। यसको मतलब अबको परीक्षणमा अध्ययनमा सहभागीहरूलाई ‘अनब्लाइन्ड’ राखिनेछ अर्थात् उनीहरूलाई आफूलाई कुन औषधि दिइएको छ भन्ने बताइनेछ।

ताजा समाचार

spot_img

थप समाचार