शनिबार, चैत्र ८, २०८१
Sat, March 22, 2025
शनिबार, चैत्र ८, २०८१
Sat, March 22, 2025

पानीको सही प्रयोगले नेपालको...

काठमाडौं,०९ चैत । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पानीको सही सदुपयोगबाट मुलुकले...

खोटाङमा चट्याङका कारण महिलाको...

खोटाङ, ९ चैत्र  ।आज बिहान खोटाङमा  परेको चट्याङका कारण एक महिलाको मृत्यु भएको...

वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको...

काठमाडौं, ९ चैत्र । पत्रकार एवं राजनीतिकर्मी माथवरसिंह बस्नेतको निधन भएको छ। ७९...

दिल्ली उच्च अदालतको न्यायधिसको...

काठमाडाैं,०९ चैत । दिल्ली उच्च न्यायालयका न्यायाधीश यशवंत वर्माको घरबाट १५ करोड रुपैयाँ...
spot_imgspot_imgspot_img
23.1 C
Kathmandu
32.3 C
Birgunj
spot_imgspot_imgspot_img

देशका समस्या सम्बोधन गर्न ठूला दल मिलेर सरकार बनाउन लागेका हौं: महत

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२५ असार । नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले देशका समस्याहरू सम्बोधन गर्न संसदका दुई ठूला दल मिलेर सरकार बनाउन लागेको बताएका छन्।

- Advertisement -

संसद भवन परिसर नयाँ बानेश्वरमा मंगलबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले गठबन्धन परिवर्तन गरिरहने, एक अर्को दलसँग मिलेर अस्थिरता निम्त्याइरहने प्रवृत्तिले देशलाई ठिक दिशामा नलैजाने भएकाले कांग्रेस र एमाले मिल्नु परेको बताए। वर्तमान सरकारले प्रतिवद्धता एउटा र काम अर्को गर्ने गरेको उनको आरोप छ।

‘गठबन्धन परिवर्तन गरिरहने, कहिले एउटा दल, कहिले अर्को दलको प्रवृत्तिले देशलाई ठिक बाटोमा लगेन। आम जनतालाई पनि विश्वास दिन सकेन। कुरा धेरै भए, काम उल्टो भयो। त्यो परिवेशमा देशका जल्दोबल्दो समस्या समाधान गर्ने हो भने दुई ठूला दल बाँकी समयमा स्थिर सरकार बनाउन हामी लागेका हौँ,’ उनले भने। स्थिरतातर्फ लैजान र समावेशिता, समानुपातिकतालाई सुनिश्चित गर्दै निर्वाचन पद्धतिलाई संशोधन गर्न पनि संसदका दुई ठूला दल मिल्नुपरेको उनले बताए।

‘विकास निर्माणमा जुन अस्थिरता आएको छ, समयमा सम्पन्न नहुने जस्ता समस्या छन्, त्यो समस्या नहोस् र जनताले देख्ने गरी काम गर्ने जिम्मेवारी लिनुपर्छ भन्ने हाम्रो भनाइ छ,’ उनले भने, ‘दुवै दलले छलफल गरेर सहमति बन्छ।’

ताजा समाचार

spot_img

थप समाचार