Date
शुक्र, असार ६, २०८२
Fri, June 20, 2025
Date
शुक्र, असार ६, २०८२
Fri, June 20, 2025

इजरायल–इराक युद्ध प्रभावित नेपालीका...

काठमाडौं,०६ असार । इजरायल–इराक युद्धका कारण स्वदेश फर्कन चाहने नेपालीलाई सहयोग गर्न सरकारले...

पोखरिया नगरपालिका भ्रष्टाचार प्रकरणः...

बीरगन्ज,०६ असार । भ्रष्टाचारसम्बन्धी उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सास्थित पोखरिया नगरपालिकामा...

फेटा गाउँपालिकाद्धारा ४० करोडको...

बीरगन्ज,०६ असार ।  बारा जिल्लाको फेटा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि...

नन्दु हत्या प्रकरणमा पाँच...

बारा,०६ असार । बाराको कलैया उपमहानगरपालिका–१४ मा जेठ २९ गते घटेको नन्दु राउत...
spot_imgspot_imgspot_img
24.9 C
Kathmandu
33 C
Birgunj
spot_imgspot_imgspot_img

मधेशमा माओवादी संसदीय दलको नेता हटाउन बहुमत सांसदको माग

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२५ असार । मधेश प्रदेशमा माओवादी केन्द्रका सांसदहरुले संसदीय दलका नेता भरतप्रसाद साहलाई हटाउने प्रयास सुरु भएको छ । माओवादी केन्द्रका ९ मध्ये ६ जना प्रदेश सांसदले दलको नेताबाट साहलाई हटाउन संसदीय दलमा प्रस्ताव पेश गरेका छन् ।

- Advertisement -

संसदीय दलको विधानको दफा २० (१) अनुसार प्रमुख सचेतक फकिरा महतो, जवाहर कुशवाह, राजी हैदर, सुनिता यादव, मालाकुमारी कर्ण र रहबर अन्सारीले साहलाई हटाउन माग गर्दै उपनेता युवराज भट्टराई समक्ष प्रस्ताव पेश गरेका हुन् ।

‘दलको नेतृत्वको विषयमा हाम्रो विश्वास गुमेको कारणले गर्दा हामी सबै सदस्यहरुको तर्फबाट तल हस्ताक्षरित अविश्वासको प्रस्ताव पेश गर्दछौं’, ६ सांसदले बुझाएको पत्रमा भनिएको छ ।

उनीहरुले १५ दिनभित्र पार्टी संसदीय दलको बैठक बोलाउन पनि माग गरेका छन् । पदमा हुँदा मनपरी गरेको, अर्थमन्त्री हुँदा बजेट बनाउने क्रममा चलखेल गरेको, उल्टै प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणालीमा कर्मचारीले ह्याक गरी बजेटमा गडबडी गरेको आरोप लगाएको माओवादी सांसदहरुले दलका नेता साहमाथि आरोप लगाएका छन् ।

संसदीय दलको विधानमा दलको सम्पूर्ण सदस्य संख्याको कम्तीमा एक चौथाइ सदस्यले दलको नेतामाथि विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेश गर्न सक्ने व्यवस्था छ । दलको नेतामाथि अविश्वासको प्रस्ताव उपनेतालाई बुझाउन सक्ने व्यवस्था छ ।

साह वर्तमान मुख्यमन्त्री सतिश सिंहको सरकारमा अर्थमन्त्रीको जिम्मेवारीमा थिए । कांग्रेस र लोसपालाई सरकारमा ल्याउन गत शनिबार उनीसहित चार दलका ६ मन्त्रीलाई मुख्यमन्त्रीले बर्खास्त गरेका थिए ।

ताजा समाचार

spot_img

थप समाचार