आइतवार, साउन ६, २०८१
Sun, July 21, 2024

विपद्मा परी १३० जनाको...

६ साउन,काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा...

दैनिक ९७ सडक दुर्घटना,...

६ साउन, काठमाडौं । नेपालमा प्रत्येक दिन औसत ९७ वटा सानाठूला सवारी दुर्घटना...

मुख्यमन्त्री सिंहले गरे मन्त्रालयको...

६ साउन, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले  सरकारी कार्यालयका कर्मचारीले लापरबाही...

महिला एशिया कप: नेपालले...

६ साउन, काठमाडौं । जारी महिला एशिया कप अन्तर्गत नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य...
24.1 C
Kathmandu
29.9 C
Birgunj

गौतम गम्भीर बने भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

२५ असार, काठमाडौं । पूर्व क्रिकेटर गौतम गम्भीर भारतीय राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाहले गम्भीर भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएका छन् ।

- Advertisement -

भारतले २०११ को विश्वकप जित्दा टिमका महत्वपूर्ण खेलाडी रहेका गम्भीर हाल आइपिल टिम कोलकोता नाइट राइडर्सका मुख्य प्रशिक्षक रहेका थिए । उनको नेतृत्वमा कोलकोताले यस सिजनको आइपिएल जितेको थियो । उनले अब भारतीय टिमका प्रशिक्षक राहुल द्रविडको स्थान लिने छन् । हालै सम्पन्न टी-२० विश्वकपपछि द्रविडको प्रशिक्षकको कार्यकाल सकिएको थियो ।

भारतीय क्रिकेटका ओपनर रहेका गौतमले भारतका लागि ५८ टेस्ट, १४७ एकदिवसीय र ३७ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यस क्रममा उनले  टेस्ट क्रिकेटमा ९ शतक र २२ अर्धशतकसहित ४१५४ रन, एकदिवसीय क्रिकेटमा ११ शतक र ३४ अर्धशतकसहित ५२३८ रन र टी-२० मा ७ अर्धशतकसहित ९३२ रन बनाएका छन् ।
       

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार