२६ असार, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । यसअघि मंगलबार बस्ने भनिएको बैठक स्थगित भएकोमा बैठक आज बस्न लागेको हो । आज बैठक बिहान ११ बजे बस्ने भएको छ । एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
कांग्रेस र एमालेबीच सरकारको आलोपालो नेतृत्व, संविधान संशोधनलगायतका विषयमा समझदारी भएको छ । यही असार १७ गते भएको उक्त सहमति र भावी रणनीतिका विषयमा पनि बैठकमा छलफल हुनेछ । यस्तै, बैठकमा पार्टीको २०८१ सालको कार्य योजनाका विषयमा पनि छलफल गर्ने बताइएको छ।