Date
शनि, असार २८, २०८२
Sat, July 12, 2025
Date
शनि, असार २८, २०८२
Sat, July 12, 2025

सिमलताल बस दुर्घटनाको एक...

चितवन,२८ असार । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुई बस लेदो र पहिरोसँगै त्रिशूलीमा बगेको...

मधेशमा किसान र सर्वसाधारणको...

जनकपुर,२८ असार । मधेश प्रदेशमा लगातारको खडेरीले कृषि र दैनिक जीवन दुवै प्रभावित...

बैतडीमा जिप दुर्घटना :...

बैतडी,२८ असार । पाटन नगरपालिका–६ स्थित खिपाली मोडमा शनिबार बिहान जिप दुर्घटना हुँदा...

पर्सामा ९ लाखभन्दा बढीको...

बीरगन्ज,२८ असार । सशस्त्र प्रहरीले पर्सा जिल्लामा सञ्चालन गरेको संयुक्त अपरेसनमा करिब ९...
spot_imgspot_imgspot_img
28.3 C
Kathmandu
36.4 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

साउथजोन माविकाे पुरस्कार वितरण तथा सपथग्रहण कार्यक्रम सम्पन्न-फाेटाे फिचर

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्जको राधेमाईमा रहेको साउथजोन माध्यामिक विद्यालयले विद्यार्थीहरुलाई पुरस्कार वितरण र विद्यार्थी कल्याण परिषदमा निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण समारोह सम्पन्न गरेको छ ।

- Advertisement -

विद्यालयले आज एक कार्यक्रमको आयोजना गरेर बार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । साथै विद्यार्थी परिषदमा निर्वाचित भएका विद्यार्थीहरूलाइ सथप ग्रहण गराएको छ ।

विद्यालयले नर्सरी देखि कक्षा ९ सम्मका प्रथम, दोश्रो र तेस्रो स्थान ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ ।

- Advertisement -

कार्यक्रममा विद्यालयले गर्ने विभिन्न अतिरिक्त क्रियाकलाप, अनुशासन कायम राख्ने तथा अन्य विभिन्न क्षेत्रमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पनि पुरस्कार सहित सम्मान गरिएको थियो ।

त्यसैगरी पुरस्कार वितरण तथा सपथ ग्रहण समारोहमा प्रदर्शन गरिएको मार्चपासमा उत्कृष्ट हुने समूहलाई पनि शिल्ड सहित पुरस्कृत गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक सरोज प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली सेनाको श्रीपुर स्थित श्रीजङ गणका सेनानी कुशल कार्कीले नेपालको झण्डा झण्डोक्तोलन गरेर उदघाटन गर्नुभएको थियो । उहाँले विद्यार्थी कल्याण परिषदका पदाधिकारीहरुलाई सपथ खुवाउनु भएको थियो ।

सपथ खुवाउनुभएपछि बोल्दै प्रमुख अतिथि सेनानी कार्कीले विद्यार्थीलाई अनुशासनले नै व्यक्तित्वको समेत विकास गर्ने भएकाले अनुशासित भएर आफ्ना हरेक क्रियकलाप र अध्ययनलाई जोड्नुपर्ने बताउनुभयो । पुरस्कार वितरण तथा समारोहमै साउथजोन माध्यामिक विद्यालयले मानवसेवा आश्रमको भवन निर्माणका लागि ५१ हजारको चेक हस्तान्तरण गरेको छ ।

विद्यालयको तर्फबाट प्रिन्सिपल सरोज चौधरीले मानवसेवा आश्रमका मधेस प्रदेश संयोजक देवेश गुप्तालाई चेक हस्तान्तरण गर्नुभएको थियो ।

 


कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष हिरा गिरी, वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत आनन्द लामिछाने, प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, मधेस प्रदेशका बरिष्ठ उपाध्यक्ष श्याम केसी, पर्सा अध्यक्ष पुरन प्रधान, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, उपाध्यक्ष युवराज खड्का, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य मनोज पटेल लगायत विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मीहरुको समेत आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य, गीत संगीतले पनि मनोरञ्जन गराएका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रिन्सिपल अशोक संग्रौलाले गर्नुभएको थियो ।

ताजा समाचार

spot_img

थप समाचार