आइतवार, साउन ६, २०८१
Sun, July 21, 2024

बङ्गलादेशबाट आज मात्र ४२०...

६ साउन, काठमाडौं । बङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली...

विपद्मा परी १३० जनाको...

६ साउन,काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा...

दैनिक ९७ सडक दुर्घटना,...

६ साउन, काठमाडौं । नेपालमा प्रत्येक दिन औसत ९७ वटा सानाठूला सवारी दुर्घटना...

मुख्यमन्त्री सिंहले गरे मन्त्रालयको...

६ साउन, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले  सरकारी कार्यालयका कर्मचारीले लापरबाही...
24.1 C
Kathmandu
29.9 C
Birgunj

डेंगु सङ्क्रमण न्यून

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२६ असार । नेपालमा गत वर्षको तुलनामा हालसम्म डेंगु सङ्क्रमण न्यून देखिएको छ । सन् २०२३ को जनवरीदेखि जुन महिनासम्म १ हजार ८०५ जना डेंगु सङ्क्रमित भेटिएका थिए भने यो वर्ष (सन् २०२४ को सोही अवधिमा) १ हजार ४८३ जनामा डेंगु सङ्क्रमण देखिएको हो ।

- Advertisement -

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गत वर्ष जुन महिनादेखि डेंगु सङ्क्रमण उच्च भएको थियो । तर यो वर्ष जुनमा पनि गत वर्षको तुलनामा सङ्क्रमित सङ्ख्या कम छ । गत वर्ष जुन महिनामा १ हजार २६ जनामा डेंगु पुष्टि भएको थियो । यो वर्षको जुन महिनामा ३२० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यो वर्ष सन् २०२४ को जनवरी महिनामा २४३ जनामा डेंगु सङ्क्रमण भएको छ ।

यस्तै, फेब्रुअरीमा १७३ जनालाई डेंगु भएको छ भने मार्चमा २०० जना, अप्रिलमा २१८ जनालाई डेंगु भएको छ भने मे महिनामा २५८ जनालाई डेंगु सङ्क्रमण भएको छ । जुलाई महिनामा ७१ जनामा डेंगु पुष्टि भएको छ । गत वर्ष सन् २०२३ को जनवरीमा १३३ जनालाई डेंगु सङ्क्रमण भएको थियो । फेब्रुअरीमा १३० जना, मार्चमा १९५, अप्रिलमा १५८, मे महिनामा १६३ जनामा डेंगु भएको छ ।

- Advertisement -

जुनमा १ हजार २६ जनालाई डेंगु सङ्क्रमण देखिएको थियो । त्यसबेला यो महिनादेखि डेंगु सङ्क्रमण उच्च भएको थियो । ‘गत वर्ष जुलाईमा ६ हजार ४५९ जनामा डेंगु सङ्क्रमण भएको थियो भने ४ महिना सङ्क्रमणको जोखिम उच्च नै थियो’ महाशाखाले भनेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार