Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025
Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

गुरु पूर्णिमामा प्याब्सन बीरगन्ज–पर्साले...

बीरगन्ज, २६ असार -गुरु पूर्णिमाको पावन अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन...

बागमती प्रदेश सरकारले २६...

काठमाडौं,२६ असार । चालु आर्थिक वर्ष बागमती सरकारको २६ प्रतिशत बजेट फ्रिज भएको...

सम्झौताअनुसार भारतले पानी नछोडदा...

बीरगन्ज,२६ असार । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले पर्याप्त पानी नदिँदा बारा र...

डा. अरविन्द शाहको नेतृत्वमा...

बीरगन्ज,२६ असार । पर्साको पोखरिया अस्पतालले चिकित्सा क्षेत्रमा एउटा महत्त्वपूर्ण सफलता हासिल गरेको...
spot_imgspot_imgspot_img
23.5 C
Kathmandu
31.7 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

भारतमा यात्रु बाहक बस र दूध ट्याङ्कर ठोक्किँदा १८ जनाको मृत्यु

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

नयाँदिल्ली,२६ असार । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा बुधबार यात्रु बाहक डबल टेकर बस दूध ट्याङ्करमा ठोक्किएर दुर्घटना पछि कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अन्य १९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

- Advertisement -

उत्तर प्रदेशको राजधानी लखनउबाट करिब ६८ किलोमिटर पश्चिममा उन्नाओ जिल्लाको गाढा गाउँ नजिकैको लखनउ–आगरा एक्सप्रेस वेमा दुर्घटना भएको हो । प्रहरीका अनुसार बिहारको सीतामढीबाट दिल्ली जाँदै गरेको डबल टेकर बसले पछाडिबाट दूधको कन्टेनरमा ठोक्किएपछि दुर्घटना भएको हो ।

बुधबार बिहान ५ः१५ बिहारको मोतिहारीबाट आउँदै गरेको निजी यात्रु बस यहाँ राष्ट्रिय राजमार्गमा दूध ट्याङ्करसँग ठोक्किएको हो । दुर्घटनामा १८ जनाको ज्यान गएको र अन्य १९ जना घाइते भएका उन्नाओ जिल्ला मजिस्ट्रेट गौराङ राठीले मिडियालाई बताउनुभएको छ । प्रारम्भिक अनुसन्धानले बस अत्यधिक गतिमा रहेको औँल्याएको छ ।

- Advertisement -

घाइतेहरूको नजिकको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र पछि जिल्ला अस्पतालमा रेफर् गरिएको राठीले बताउनुभयो ।दुर्घटनालगत्तै स्थानीयले प्रहरीलाई सूचना गरे पछि घाइतेहरूलाई अस्पताल पुर्‍याउन उद्धार टोली र एम्बुलेन्सहरू घटनास्थलमा पुगेका थिए ।

घटनास्थलमा पुग्दासम्म केही स्थानीयले घाइतेलाई क्षतिग्रस्त बसबाट बाहिर निस्कन मद्दत गरिरहेको एक प्रहरी अधिकारीले बताउनुभयो । क्षतिग्रस्त बस र दूध ट्याङ्करलाई क्रेन प्रयोग गरेर सडकबाट निकालिएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उचित उपचार सुनिश्चित गर्न अधिकारीलाई निर्देशन दिनुभएको छ । प्रहरीले मुद्दा दर्ता गरी दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धानको आदेश दिएको छ ।

भारतमा हरेक वर्ष लगभग पाँच लाख सडक दुर्घटनामा एक लाख ५० हजार मानिसहरूको मृत्यु हुने अधिकारीले बताएका छन् । एजेन्सी

ताजा समाचार

spot_img

थप समाचार