आइतवार, साउन ६, २०८१
Sun, July 21, 2024

बङ्गलादेशबाट आज मात्र ४२०...

६ साउन, काठमाडौं । बङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली...

विपद्मा परी १३० जनाको...

६ साउन,काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा...

दैनिक ९७ सडक दुर्घटना,...

६ साउन, काठमाडौं । नेपालमा प्रत्येक दिन औसत ९७ वटा सानाठूला सवारी दुर्घटना...

मुख्यमन्त्री सिंहले गरे मन्त्रालयको...

६ साउन, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले  सरकारी कार्यालयका कर्मचारीले लापरबाही...
24.1 C
Kathmandu
29.9 C
Birgunj

ओलीको ब्रिफिङ – मन्त्रालय बाँडफाँट भएको छैन, सरकारमा कांग्रेससँग समान हैसियत हुन्छ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौ,२६ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र एमालेबीच मन्त्रालय पनि बाँडफाँटमा सहमति भइनसकेको बताएका छन् । बुधबार पार्टी सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले नेपाली कांग्रेससँग मन्त्रालय बाँडफाँटबारे अहिले कुनै छलफल नभएको बताएका हुन्।

- Advertisement -

तर सरकारमा सबैलाई हैसियतको आधारमा स्थान दिने भन्ने विषमा भने सहमति भइसकेको ओलीले जानकारी दिए । ‘मन्त्रालय बाँडफाँड भइसकेको छैन, यो पार्टीले यो मन्त्रालय, यो पार्टीले यो मन्त्रालय, को-को सरकारमा सामेल हुने, क-कसको स्थिति के–के हुने भन्ने टुंगिसकेको छैन’, उनले भने, ‘साधारणत: हैसियतको आधारमा सहभागी हुने हो । अहिलेलाई बराबरी हैसियतमा कांग्रेस र एमालेले सरकारमा व्यवहार गर्छन् ।’

उनले बैठकमा संविधान कार्यान्वयनको प्रक्रियामा आवश्यकता अनुसार परिमार्जन गर्दै जानुपर्ने बताएका छन् । तर संविधानका यी धार र यी विषयमा परिवर्तन गर्ने भन्नेबारे कुनै सहमति नभएको उनले प्रष्ट पारे । संविधान संशोधनको लागि कसैको नेतृत्वमा आयोग बनाउने भन्ने खालका सहमति पनि नभएको ओलीले बैठकमा जानकारी दिए । ओलीले एमाले र कांग्रेस बिचको समीकरण देशमा राजनीतिक स्थिरता र विकासको लागि गर्न लागिएको बताए । तर एमाले र कांग्रेस मिलेर संविधान र व्यवस्था नै समाप्त पार्न लागे भन्ने खालको भ्रामक प्रचार गर्न खोजिएको प्रति ओलीको आपत्ति छ ।

- Advertisement -

एमाले र कांग्रेस मिल्दा संविधान अराजकतातिर गयो, अन्योलतिर, अस्थिरताको स्थितितर्फ गयो भन्ने भ्रम फिँजाइएको ओलीले बताए । ‘प्रदेशहरूमा महिना महिनामा सरकार फेरिने अवस्था बन्ने, कहिले यसतिर जान्छ, कहिले उसतिर, चार सिट छ उसलाई मुख्यमन्त्री चाहिने’, ओलीले भने । यस्ता खालका अस्थिरता, बार्गेनिङ, आफ्ना निजी स्वार्थ, दलगत स्वार्थलाई केन्द्र भागमा राखेर गतिविधि सञ्चालन गर्ने काम भएकामा उनले चिन्ता व्यक्त गरे । विकास निर्माण र जनताका कामलाई केन्द्रमा नराख्ने र अस्थिरतामा रमाउने प्रवृत्तिविरुद्ध कांग्रेस-एमाले एक ठाउँमा आउनु परेको उनले प्रष्ट पारे ।

स्वार्थ प्रेरित भएर स्वार्थलाई बीच भागमा राख्ने काम भइरहेका भन्दै ओलीले चिन्ता व्यक्त गरे । ‘ती कुरालाई कसरी रोक्न सहमति भएको हो । संघीयता बदनाम भइरहेको छ, त्यो बदनामी रोकेर त्यसलाई सफल बनाउन सकिन्छ, सकिँदैन, सफल बनाउने दिशामा लाग्नु पर्‍यो’, ओलीले भने । ओठे भक्ति देखाएर संविधानलाई व्यवहारमा असफल बनाउने खालका प्रयास स्वीकार्य हुन नसक्ने उनले बताए । ‘संविधान एउटा गतिशील दस्तावेज हो, समाजको पथ प्रदर्शक हो, समाजलाई डोर्‍याउने मूल कानुन हो, यो मूल कानुन समय अनुकूल परिवर्तित, परिमार्जित हुँदै जानु उपयुक्त हुन्छ’, उनले भने ।

त्यसैले कतिपय कुरामा संविधान संशोधन गर्नुपर्छ भनेर भनेको ओलीले प्रष्ट पारे । त्यसमा डिटेलमा पछि छलफल हुने उनले बताए । अहिले धेरै कुरा बजारमा आएको बताउँदै ओलीले कांग्रेससँग यस विषयमा डिटेलमा कुनै कुरा नभएको स्पष्ट पारे । उनले यदि उत्पादन बढाउन नसक्ने हो भने आयात वृद्धि हुने र नेपाल परनिर्भर हुने बताए । सबै कुरा राष्ट्रिय उत्पादनमा निर्भर हुनेमा उनले जोड दिए ।

उद्यमशीलता, कृषिमा आधारित उद्योग, व्यावसायिकता, आधुनिकीकरण र यान्त्रीकरणमा ध्यान दिनु, उत्पादनका लागि प्रविधिमा जोड दिनु जरुरी भएको ओलीले बताए । ‘उत्पादन वृद्धिका लागि पूर्वाधार वृद्धिमा ध्यान दिनु आजका आवश्यकता हुन्’, उनले भने । सडक, पूर्वाधार, विद्युत्, सञ्चार लगायतका क्षेत्रका आधारभूत काम भएका बताउँदै ओलीले अब शिक्षालाई बढी व्यवहारमुखी बनाउने तर्फ लाग्नु पर्नेमा जोड दिए । त्यस्तै कृषि क्षेत्रको विकासका लागि विशेष कार्यक्रम बनाउन आवश्यक रहेको उनले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार