आइतवार, साउन ६, २०८१
Sun, July 21, 2024

बङ्गलादेशबाट आज मात्र ४२०...

६ साउन, काठमाडौं । बङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली...

विपद्मा परी १३० जनाको...

६ साउन,काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा...

दैनिक ९७ सडक दुर्घटना,...

६ साउन, काठमाडौं । नेपालमा प्रत्येक दिन औसत ९७ वटा सानाठूला सवारी दुर्घटना...

मुख्यमन्त्री सिंहले गरे मन्त्रालयको...

६ साउन, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले  सरकारी कार्यालयका कर्मचारीले लापरबाही...
24.1 C
Kathmandu
29.9 C
Birgunj

वर्षाका कारण बलम्बु फ्लाइओभर निर्माण रोकियो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२६ असार । लगातार वर्षाका कारण नागढुङ्गा सुरुङमार्ग अन्तर्गत फ्लाइओभर निर्माण रोकिएको छ । काठमाडौंको बलम्बुमा निर्माणधीन फ्लाइओभरमाथि गाडी गुड्ने ‘सुपरस्ट्रक्चर’ र बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने बिन्दु टुटीपाखा सम्मको पहुँच मार्गमा कालोपत्रे गर्ने काम रोकिएको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले बताए ।

- Advertisement -

बलम्बुदेखि टुटीपाखासम्म साढे २ किलोमिटर लामो उक्त पहुँचमार्ग कालोपत्रेको काम यसअघि ५० प्रतिशत सम्पन्न भइसकेको थियो । त्यस्तै, गाडी गुड्ने सुपरस्ट्रक्चरको काम पनि ६० प्रतिशत पूरा भइसकेको थियो । तर, पछिल्ला दिनमा लगातार पानी परिरहेकाले फ्लाइओभरतर्फका काम अवरुद्ध हुन पुगेको श्रेष्ठले बताए । श्रेष्ठले भने, ‘वर्षाका कारण फ्लाइओभरको काम बन्द भएको छ । कङ्क्रिट लगायतका काम गर्न सकिएको छैन । त्यस्तै, पहुँचमार्गमा कालोपत्रे गर्ने काम पनि वर्षाका कारण अघि बढ्न नसकेको छैन ।’

फ्लाइओभरतर्फ २ लेनमा पहुँचमार्ग निर्माण गरी कालोपत्रे गर्ने काम अघि बढाइएको थियो । यता, मूख्य सुरुङमार्ग तर्फ भने काम भइरहेको आयोजनाले जनाएको छ । सुरुङतर्फका सबै काम एक वर्षमा सकिने र कुनै समस्या नआए डेढ वर्षभित्र सुरुङमार्गबाटै गाडी गुड्ने गरी काम अघि बढाएको श्रेष्ठले बताए । सुरुङमार्गतर्फ सञ्चालनका लागि टोलबुथ, भेन्टिलेसन र लाइटिङलगायतका काम भइरहेको छन् ।

- Advertisement -

हालसम्म सुरुङमार्गको समग्र भौतिक प्रगति ६५ प्रतिशत सम्पन्न भइसकेको छ । मुख्य सुरुङमार्ग यसअघि नै छिचोलिसकिएको छ । सुरुङभित्र कमजोर प्रकृतिको माटो र चट्टान भएका ४ ठाउँमा ‘कन्भर्जेन्स’हरू बढाउने काम भइरहेको छ । ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सन् २०१९ देखि सुरुङमार्ग निर्माण थालिएको थियो । आयोजना निर्माणका लागि २२ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । जम्मा खर्चमध्ये १६ अर्ब जापान सरकारको ऋण अनुदानबाट र बाँकी ६ अर्ब रुपैयाँ नेपाल सरकारको लगानी छ । कोरोना महामारीका कारण एक वर्ष म्याद थप भएको आयोजनाको सन् २०२४ अप्रिलसम्म आयोजना सकिनुपर्ने थियो । तर, त्यो समयसीमाभित्र आयोजना सम्पन्न हुन नसकेको हो ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार