आइतवार, साउन ६, २०८१
Sun, July 21, 2024

विपद्मा परी १३० जनाको...

६ साउन,काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा...

दैनिक ९७ सडक दुर्घटना,...

६ साउन, काठमाडौं । नेपालमा प्रत्येक दिन औसत ९७ वटा सानाठूला सवारी दुर्घटना...

मुख्यमन्त्री सिंहले गरे मन्त्रालयको...

६ साउन, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले  सरकारी कार्यालयका कर्मचारीले लापरबाही...

महिला एशिया कप: नेपालले...

६ साउन, काठमाडौं । जारी महिला एशिया कप अन्तर्गत नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य...
24.1 C
Kathmandu
29.9 C
Birgunj

नेपाल अर्थोपेडिक अस्पताललाई शिक्षण संस्थामा विकास गरिनुपर्छ : शेखर कोइराला

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२६ असार । नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले जोरपाटीस्थित नेपाल अपांग संघ नेपाल अर्थोपेडिक अस्पताललाई शिक्षण संस्थाका रूपमा पनि विकास गर्नुपर्ने बताएका छन् । अस्पतालको निरीक्षणपश्चात् नेता डा कोइरालाले अर्थोपेडिक उपचारसँगै स्नातकोत्तर तहको अध्ययन गर्ने शिक्षण संस्थाका रूपमा यस अस्पतालको विकास गर्दै लैजानुपर्ने बताएका हुन् ।

- Advertisement -

अस्पतालको पछिल्लो अवस्था, उपचार पद्धति तथा यसका चुनौतीहरूका बारेमा जानकारी लिँदै नेता डा कोइरालाले अस्पतालका लागि राज्यका तर्फबाट नियमित बजेटको व्यवस्था र त्यहाँ कार्यरत जनशक्तिका लागि आवश्यक नियमित तालिम र अस्पतालको आधुनिकीकरणका लागि आफूले आफ्ना ठाउँबाट सक्दो पहल गर्ने आश्वासन दिए ।

त्यस अवसरमा अस्पतालका मेडिकल निर्देशक डा कैलाश भण्डारीले अस्पतालको पछिल्लो अवस्था तथा समस्याका बारेमा जानकारी गराएका थिए । उनले सरकारका तर्फबाट नियमित रूपमा बजेटको व्यवस्थासँगै यस अस्पताललाई प्राथामिकतामा राख्ने कार्यमा सहयोग गर्न नेता डा कोइरालालाई आग्रह गरेका थिए ।

- Advertisement -

अनाथ, असहाय, निम्न वर्गीय तथा अपाङ्गता भएका नागरिकको स्वास्थ्य सेवामा समर्पित रहनेगरी गैरनाफामूलक संस्थाका रूपमा सन् १९९८ मा स्थापना भएको यस अस्पतालले हाडजोर्नीका बिरामीका लागि सेवा प्रदान गर्दै आएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार