आइतवार, साउन ६, २०८१
Sun, July 21, 2024

विपद्मा परी १३० जनाको...

६ साउन,काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा...

दैनिक ९७ सडक दुर्घटना,...

६ साउन, काठमाडौं । नेपालमा प्रत्येक दिन औसत ९७ वटा सानाठूला सवारी दुर्घटना...

मुख्यमन्त्री सिंहले गरे मन्त्रालयको...

६ साउन, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले  सरकारी कार्यालयका कर्मचारीले लापरबाही...

महिला एशिया कप: नेपालले...

६ साउन, काठमाडौं । जारी महिला एशिया कप अन्तर्गत नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य...
24.1 C
Kathmandu
29.9 C
Birgunj

रविमाथि खनिए मुकुल : राहदानी दुरुपयोग र सहकारी ठगीमा छानबिन थाल्न माग

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२६ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री र प्रवक्ता पदबाट निलम्बित मुकुल ढकालले सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोग र सहकारीको रकम ठगी प्रकरणमा छानबिन हुनुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ढकालले रविका कारण पार्टी गम्भीर संकटतिर गएको भन्दै यी दुई प्रकरणमा उनीमाथि छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने बताएका छन् ।

- Advertisement -

ढकालले केही दिनअघि सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीले सहकारी प्रकरणमा रविविरुद्ध छानबिन अघि बढाउन भनिसकेको उल्लेख गरे । सर्वोच्चले नैतिकताका आधारमा रविले स्वार्थ बाझिने गृहमन्त्रालयबाट मार्ग प्रशस्त गर्नुपर्ने भने पनि पदमै बसिरहेको भन्दै कडा आलोचना गरे ।

‘रविबारे सहकारी ठगी प्रकरणमा पार्टीले उच्चस्तरीय समिति बनाएर छानबिन हुनुपर्छ । रविको क्लबले यो काम गर्दैन, रास्वपाले छानबिन थाल्नुपर्छ’, उनले भने, ‘राहदानी दुरुपयोग प्रकरणमा उनीमाथि फेरि छानबिन हुनुपर्छ । राहदानीमा दोषी देखिएमा उहाँले जीवनभर चुनाव लड्न पाउनु हुन्न ।’ ढकालले रविको प्रकरण पार्टी जीवनसँग जोडिएकाले राहदानी दुरुपयोगबारे छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने दोहोर्‍याए ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार