बिहिबार, माघ २४, २०८१
Thu, February 6, 2025
बिहिबार, माघ २४, २०८१
Thu, February 6, 2025

५४ लाख धरौटीमा लामिछानेलाई...

चितवन, २४ माघ । साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका...

डब्ल्यूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा,...

एजेन्सी, २४ माघ । ब्यूनस आयर्स — अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)...

मधेशमा प्रदेश लोकसेवाद्धारा ५२...

जनकपुर, २४ माघ । मधेश प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती वन सेवाको सहायक...

बाराको इटियाहीमा श्री शिवशक्ति...

वीरगन्ज,२४ माघ । बाराको विश्रामपुर गाउँपालिका-५ इटियाहीमा बिहीबारदेखि श्री शिवशक्ति कोटी होम महायज्ञ...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
10.7 C
Birgunj
spot_imgspot_imgspot_img

विपद्बाट प्रभावितलाई सहयोग गर्न कार्यकर्तालाई कांग्रेसको निर्देशन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

कठमाडौं,२६ असार । नेपाली कांग्रेसले मुलुकभर आएको बाढीपहिरो लगायतका प्राकृतिक विपद्मा परी मानवीय क्षति तथा भौतिक क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

- Advertisement -

कांगेसले आज विज्ञप्तिमार्फत उत्पन्न परिस्थितिले नागरिकको जनजीवन कष्टकर भएको उल्लेख गर्दै सम्पूर्ण पीडितको संवेदनशीलताप्रति सहानुभूति प्रकट गरेको छ ।

कांग्रेसले प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहत कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय तथा भौतिक क्षति रोक्न तीनवटै तहका सरकारसँग आग्रह गरेको छ । ‘सम्पर्कविहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न कांग्रेस सरकारसँग आग्रह गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

- Advertisement -

कांग्रेसले प्रभावित जिल्लाका पार्टी र भ्रातृ एवं शुभेच्छुक संस्थाका सबैले एकापसमा समन्वय गरी सम्पूर्ण सांगठनिक संरचनाका जनशक्तिलाई परिचालन गरी उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन अपिल गरेको छ । केही दिनयता परेको वर्षाका कारण उत्पन्न विपद्मा परी ठूलो सङ्ख्यामा नागरिक घाइते तथा कतिपय अझै बेपत्ता छन् । विपद्बाट धेरै नागरिक विस्थापित हुन पुगेका छन् । खेतीयोग्य जमिनमा क्षति पुगेको छ । देशभर सडक सञ्जाल अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।

केही दिनयता परेको वर्षाका कारण उत्पन्न विपद्मा परी ठूलो सङ्ख्यामा नागरिक घाइते तथा कतिपय अझै बेपत्ता छन् । विपद्बाट धेरै नागरिक विस्थापित हुन पुगेका छन् । खेतीयोग्य जमिनमा क्षति पुगेको छ । देशभर सडक सञ्जाल अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार