आइतवार, साउन ६, २०८१
Sun, July 21, 2024

विपद्मा परी १३० जनाको...

६ साउन,काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा...

दैनिक ९७ सडक दुर्घटना,...

६ साउन, काठमाडौं । नेपालमा प्रत्येक दिन औसत ९७ वटा सानाठूला सवारी दुर्घटना...

मुख्यमन्त्री सिंहले गरे मन्त्रालयको...

६ साउन, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले  सरकारी कार्यालयका कर्मचारीले लापरबाही...

महिला एशिया कप: नेपालले...

६ साउन, काठमाडौं । जारी महिला एशिया कप अन्तर्गत नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य...
24.1 C
Kathmandu
29.9 C
Birgunj

नाउपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन, प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

२६ असार, कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । संसदीय दलका नेता गङ्गा चौधरीको अध्यक्षतामा बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको प्रमुख सचेतक लालवीर चौधरीले जानकारी दिए ।

- Advertisement -

पर्सि २८ गते प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णयसमेत गरेको छ । समर्थन फिर्ता लिएपछि विश्वासको मत दिने त कुरै भएन’ प्रमुख सचेतक चौधरीले भने । यस अघि रञ्जिता श्रेष्ठ दलको नेता हुँदा प्रचण्ड सरकारलाई समर्थन गरेको नाउपाले दलको नेताबाट श्रेष्ठलाई हटाएसँगै समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

आजको बैठकमा श्रेष्ठ बाहेकका गङ्गा चौधरी, लालवीर चौधरी र अरुण चौधरी उपस्थित थिए । केही समय अघि नाउपाका नेता रेशम चौधरीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर वर्तमान सरकारबाट समर्थन फिर्ता लिने र एमाले कांग्रेसको सरकारमा सहभागी हुने बताइसकेका थिए ।  संघीय संसद्मा नाउपाका चार सांसद छन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार