बीरगन्ज,२९ असार । चितवनकाे भरतपुर महानगरपालिका वडा नं. २९ स्थित नारायगढ-मुग्लिन सडक खण्डको सिमलतालमा पहिराेले बगाएकाे बसमा पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरीका दुई विद्यार्थी पनि वेपता भएका छन् ।
बीरगन्जबाट काठमाडाैं जाँदै गरेकाे एन्जल डिलक्स बस शुक्रबार बिहान करिब साढे ३ बजेकाे समयमा लेदोसहितको पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएकाे छ । साेही बसमा सवार रामनगरीका साेनालाल यादवकाे छाेरा २० बर्षिया ओउम् हरि यादव र साेही ठाउँ निवासी जयनारायण साह तेलीकाे छाेरा १६ बर्षिय सुजित साह पनि बेपता भएका हुन् ।
लाेक सेवा तयारीकाे लागि काठमाडाैं जाँदै गरेका दुबै जना पहिराेले बगाएकाे बसमा सवार रहेकाे स्थानियहरुले वताएका छन् । पहिलाेले बगाएकाे बसमा सवार गाउँका दुई विद्यार्थी वेपता भएकाे खबरले गाउँ नै शाेकमा डुबेकाे स्थानिय अरबिन्द साहले बताए ।

पहिराेले त्रिशुली नदीमा बगाएकाे बसकाे शुक्रबार खोजी कार्य गरिएपनि फेला पर्न सकेकाे थिएन । शनिबार विहान देखि सशस्त्र प्रहरीले सोनार क्यामेर, वाटर ड्रोन प्रयोग गरी बेपत्ताहरूको खोजी गरिरहेको छ । शनिबार बिहान पानीको वहाब पनि कम भएकाले खोजी कार्य प्रभावकारी हुने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले बताए ।
काठमाडौँबाट गौर जाँदै गरेको बसमा २७ तथा वीरगन्जबाट काठामाडौँतर्फ आउँदै गरेको बसमा २४ यात्रु रहेको स्थानीय प्रशासनले जनाएको छ। उक्त दुर्घटनामा परेका ३ यात्रु भने पौडी खेलेर बाँच्न सफल भएका छन्।