Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

भारतको डीआरआई पट्ना विभागद्वारा २ किलो सुन सहित चारजना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,३० असार । भारतको राजस्व खुफिया निर्देशनालय (डि.आर.आइ) पटनाको बिभागले २ किलो सुन सहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।

शनिबार पटनाको डि.आर.आइ बिभागले वीरगञ्जको मुख्य भन्सार हुँदै रक्सौल प्रवेश गर्ने स्कार्पियोबाट २ किलो सुन सहित १ महिलासहित ४ जनालाई नियन्त्रण लिएको हो । विशेष सूचनाको आधारमा पटनाबाट खटिएको बिभागले युपी ५० सिएस ००५० नम्बरको स्कार्पियोलाई खानतलासी गर्दा सुनसहित ४ जनालाई नियन्त्रणमा लिएको डि.आर.आइले जनाएको छ ।

बिभागका अनुसार दुबईबाट काठमाडौ हुँदै वीरगन्जको नाका भएर रक्सौल बिहारको बाटो प्रयोग गरी तस्करहरुले आफ्नो संजाल दिल्ली सम्म फैलाइएको सूचना पाएपछि भारतको राजस्व खुफिया निर्देशनालयले आफ्नो संयन्त्र परिचालन गरेको थियो ।

प्राप्त सूचनाको आधारमा परिचालन गरेको संयन्त्रले सुन सहित तस्करहरुलाई पक्राउ गर्न सफल भएको डिआरआईका अधिकारीहरुले बताएका छन् । भारतीय स्कार्पियोमा २ किलो सुन सहित चारजना पक्राउ परेपछि नेपालबाटै भारतर्फ सुन तस्करी हुने गरेको रहस्य खुलासा भएको छ ।

वीरगन्ज नाकाबाट रक्सोल प्रवेश गरेको स्कार्पियोबाट २ किलो सुन बरामद हुनुले तस्करहरुले वीरगन्ज नाकालाई सुन तस्करीको सहज नाका मानेको अनुमान गरिएको छ । नेपाल प्रहरी र सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको पनि आँखा छलेर वीरगन्जबाटै रक्सोल सुन सहित भारतीय स्कार्पियो गाडी सहज प्रवेश हुनुले पनि सुन तस्करी अझै रोकिएको छैन भन्ने संकेत दिएको छ ।

ताजा समाचार

थप समाचार