Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025
Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

एमाले बीरगन्ज महानगर कमिटीको...

बीरगन्ज,०९ वैशाख । नेकपा (एमाले) बीरगन्ज महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान...

कक्षा १२ को परीक्षा...

काठमाडौं, ९ वैशाख । शिक्षकहरूको लगातार आन्दोलनबीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

सुनको मूल्य आकासियो,तोलामा २...

काठमाडौँ, ९ वैशाख । नेपाली बजारमा सुनको मूल्य मंगलबार एकैदिन तोलामा ६ हजार...

भारतका विद्युत् मन्त्री खट्टर...

काठमाडौं,०९ वैशाख । भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुई...
spot_imgspot_imgspot_img
27.1 C
Kathmandu
35.6 C
Birgunj
spot_imgspot_imgspot_img

भारतको डीआरआई पट्ना विभागद्वारा २ किलो सुन सहित चारजना पक्राउ

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,३० असार । भारतको राजस्व खुफिया निर्देशनालय (डि.आर.आइ) पटनाको बिभागले २ किलो सुन सहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।

- Advertisement -

शनिबार पटनाको डि.आर.आइ बिभागले वीरगञ्जको मुख्य भन्सार हुँदै रक्सौल प्रवेश गर्ने स्कार्पियोबाट २ किलो सुन सहित १ महिलासहित ४ जनालाई नियन्त्रण लिएको हो । विशेष सूचनाको आधारमा पटनाबाट खटिएको बिभागले युपी ५० सिएस ००५० नम्बरको स्कार्पियोलाई खानतलासी गर्दा सुनसहित ४ जनालाई नियन्त्रणमा लिएको डि.आर.आइले जनाएको छ ।

बिभागका अनुसार दुबईबाट काठमाडौ हुँदै वीरगन्जको नाका भएर रक्सौल बिहारको बाटो प्रयोग गरी तस्करहरुले आफ्नो संजाल दिल्ली सम्म फैलाइएको सूचना पाएपछि भारतको राजस्व खुफिया निर्देशनालयले आफ्नो संयन्त्र परिचालन गरेको थियो ।

- Advertisement -

प्राप्त सूचनाको आधारमा परिचालन गरेको संयन्त्रले सुन सहित तस्करहरुलाई पक्राउ गर्न सफल भएको डिआरआईका अधिकारीहरुले बताएका छन् । भारतीय स्कार्पियोमा २ किलो सुन सहित चारजना पक्राउ परेपछि नेपालबाटै भारतर्फ सुन तस्करी हुने गरेको रहस्य खुलासा भएको छ ।

वीरगन्ज नाकाबाट रक्सोल प्रवेश गरेको स्कार्पियोबाट २ किलो सुन बरामद हुनुले तस्करहरुले वीरगन्ज नाकालाई सुन तस्करीको सहज नाका मानेको अनुमान गरिएको छ । नेपाल प्रहरी र सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको पनि आँखा छलेर वीरगन्जबाटै रक्सोल सुन सहित भारतीय स्कार्पियो गाडी सहज प्रवेश हुनुले पनि सुन तस्करी अझै रोकिएको छैन भन्ने संकेत दिएको छ ।

ताजा समाचार

spot_img

थप समाचार