वीरगन्ज,५ साउन । स्रोत नखुलेको ७८ लाख भन्दा बढीको सामान सहित एक ट्रक बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।


विशेष सूचनाको आधारमा प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमर उप–महानगरपालिका–१ पथलैया चोकबाट ना. ८ ख ७२ ४१ नम्बरको ट्रकमा लाेड रहेको ७८ लाख ६४ हजार ६ सय ७७ रुपैँया मूल्यबारबरको सामान सहित ट्रक नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।
विल भरपाई भन्दा बढीको सामान लोड गरेको मोबिल, कपडा, अटो पार्ट्स र अन्य खुद्रा समानको स्रोत खुलाउन नसकेपछि प्रहरीले नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

वीरगन्जबाट काठमाडौंतफ जाँदै गरेको ट्रकलाई चेक जाँच गर्दा बिल भपाएई भन्दा बढी सामान लोड रहेको पाईपछि आवश्वक कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय पथलैया पडाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिए ।