वीरगंज,५ साउन पर्सा जिल्ला अदालतले जारी गरेको बार्षिक प्रतिवेदन अनुसार आव ०८०/०८१ मा घरेलु हिंसा, माना चामल नाता कायम र बालबालिकाको मुद्दा दायरको संख्या बढेको छ ।
घरेलु हिंसा सम्बन्धि मुद्दा आव ०७८/०७९ मा १६२ दायर भएको थियो । जसमा ४३ मुद्दा फछ्र्यौट भएको थियो । सोही अवधिमा आव ०७९/०८० मा १७२ मुद्दा दायर भएकोमा ५२ वटा मुद्दा फछ्र्यौट भएको थियो । आव ०८०/८१मा घरेलु हिंसाका मुद्दा दायर संख्या १ ले बढेर १७३ भएको छ । जसमा ७८ वटा मुद्दाको फछ्र्यौट भएको छ ।
यसैगरी आव ०७८/०७९मा सम्बन्ध विच्छेदका जम्मा ८१८ मुद्दा दायर भएकोमा २३१ मुद्दा फछ्र्यौट भएको गियो । सोही अवधिमा आव ०७९/८० मा ८४० मुद्दा दायर भएकोमा २७४ मुद्दा फछ्र्यौट भएको मा आव ०८०/०८१ म ८२१ मुद्दा दायर भएकोमा २६६ मुद्दा फछ्र्यौट भएको छ । यसरी हेर्दा घरेलु हिंसाको मुदा दर्तामा भने कमी आएको देखिन्छ ।

मानब बेचबिखन सम्बन्धी मुद्दा आव ०७८/०७९ मा जम्मा २० मुद्दा दायर भएकोमा ५ वटा मुद्दा फछ्र्यौट भएको थियो । सोही अवधिमा आव ०७९/८० मा २२ मुद्दा दायर भएकोमा ६ मुद्दा फछ्र्यौट भएको थियो । भने आव ०८०/०८१ मा मानब बेचबिखनका १६ मुद्दा दायर भएकोमा १३ वटा मुद्दा फछ्र्यौट भएको छ । यसरी हेर्दा मानब बेचखिबनका मुद्दामा पनि कमी आएको देखिन्छ ।
जिल्ला अदालत पर्सामा जबरजस्ती करणीको मुद्दा आव ०७८/०७९ मा जम्मा १७४ मुद्दा दायर भएकोमा ५२ वटा मुद्दा फछ्र्यौट भएको थियो । सोही अवधिमा आव ०७९/८० मा १७८ मुद्दा दायर भएकोमा ४७ मुद्दा फछ्र्यौट भएको थियो । आव ०८०/८१ म १७८ मुद्दा दायर भएकोमा ५१ मुद्दा फछ्र्यौट भएको छ । यसरी हेर्दा आव ०८०/०८१ मा जबरजस्ती करणीको मुद्दा भने समान रहेको तंथ्याकले देखाएको छ ।
जर्बजस्ती करणी उद्योगका आव ०७९/०८० मा एउटा दायर भएको थियो । भने आव ०८०/०८१ मा पनि एउटा नै दायर भएको छ । यसरी अदालतमा दायर भएका ज. क. उद्योगका मुदा फछ्यौृट हुन बाँकी नरहेको तंथ्यांकले देखाएको छ ।
यसैगरी नाता कायमका मुद्दा आ. व. ०७८/०७९ मा १५ वटा दायर भएको थियो । भने सोही अवधिमा आ. व. ०७९/०८० मा १४ वटा मुद्दा दायर भएको थियो । यी दुवै आवमा दायर भएका नाता कायमका मुद्दा सोही बर्षमा फछ्र्योट भएको थियो भने आव ०८०/८१ म नाताकायमका २३ मुद्दा दायर भएकोमा २० मुद्दा फछ््र्यौट भएको छ । आव ०८०/०८१मा नाताकायमका मुद्दा दायरको संख्या भने बढेको छ ।
त्यस्तै आव ०७८/०७९ मा जम्मा ६६ मुद्दा माना चामलको दायर भएकोमा ४५ मुद्दा फछ्र्यौ भएको थियो । सोही अवधिमा आव ०७९/८० मा ८३ मुद्दा दायर भएकोमा ६२ मुद्दा फछ्र्यौट भएको थियो । आव ०८०/०८१ म मानाचामलको जम्मा ११७ मुद्दा दायर भएकोमा ६० मुद्दा फछ्यौृट भएको छ । विगतका वर्षहरुमा भन्दा यस आवमा माना चामलको मुद्दा बढेको देखिन्छ ।
आ. व. ०८०/८१मा जम्मा ३५ बालबालिकाको मुद्दा परेकोमा २६ मुद्दा फछ्र्यौट भएको छ । तंथ्याकअनुसार बालबालिकाको मुद्दा दायर हुने क्रम हत्वातै बढेको देखिएको छ ।
आ. व. ०७७/७८ मा अंशदर्ता मुद्दा सबैभन्दा धेरै ६४७ वटा फछ्र्यौट भएका थियो । यस्तै आ. व. ०७८/०७९ मा लेनदेन सम्बन्धी मुद्दा सबैभन्दा धेरै १५५० फछ्र्यौट भएको थियो । भने आ. व. ०७९/०८० मा पनि लेनदेन सम्बन्धी मुद्दा नै सबैभन्दा धेरै फछ्र्यौट भएको छ ।