[ndc-today-date]
[ndc-today-date]

गम्हरिया फाउन्डेसनद्धारा श्री चण्डी...

बारा, ६ वैशाख । फेटा गाउँपालिकामा आयोजना हुने श्री चण्डी माई मेलाको व्यवस्थापनलाई...

बीरगन्जमा नेविसंघको ५५औं स्थापना...

बीरगन्ज, ६ वैशाख । नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५५औं स्थापना दिवस बीरगन्जमा...

शिक्षक महासंघको आकस्मिक बैठक...

काठमाडौं, ६ वैशाख । नेपाल शिक्षक महासंघले आज (शनिबार) दिउँसो सवा ३ बजे...

लामिछानेले चितवनमा एक रुपैयाँको...

काठमाडौं, ६ वैशाख । नेकपा (एमाले) का नेता तथा पूर्व सांसद कृष्णभक्त पोखरेलले...
spot_imgspot_imgspot_img
21.1 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्री दुुवैले दिए राजीनामा

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,६ साउन । बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिएका छन् । नेकपा एमालेसँगको तत्कालीन गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दुवैजना मुख्यमन्त्रीले आइतबार राजीनामा दिएका हुन् ।

- Advertisement -

बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार बसेकाे प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

यसअघि जम्कट्टेलले विश्वासकाे मत लिन प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । तर माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलकाे सुझावअनुसार उनले राजीनामा दिएका हुन् ।

- Advertisement -

उनले प्रदेश सभाबाट आफ्ना कामका रेकर्ड गराउन बैठक माग गरेको बताए । तर अब नयाँ सरकार बनाउन कांग्रेस र एमालेको बहुमत रहेकाले मार्ग प्रशस्तका लागि राजीनामा दिएको जम्कट्टेले बताए ।

गत असार २४ गते २४ नेकपा एमालेले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा थिए । उनी २०७९ पुस २५ गते एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट दोस्रो कार्यकालको पहिलो सरकारको नेतृत्वमा पुगेका थिए ।

यसअघि उनले २०७९ चैत १० गते मुख्यमन्त्री जम्कट्टेलले कांग्रेस र एकीकृत समाजवादीसँगको गठबन्धन सरकारका लागि विश्वासको मत लिएका थिए ।

२० फागुन २०८० मा फेरि एमालेसँग माओवादीको केन्द्रीय सत्ता समीकरण बनेपछि एमाले सरकारमा गयो । त्यसपछि एमाले, माओवादी, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी मिलेर सरकार बनाए ।

उता लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पनि आइतबार नै पदबाट राजीनामा दिएका छन् । महरा बाहिरिएपछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी गर्दैछ ।

एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले आइतबार विश्वासको मत लिने तयारी थियो । विश्वासको मत नमिल्ने भएपछि उनले प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिए ।

महराकोले राजीनामा दिएपछि कांग्रेस–एमाले सरकार बन्दैछ । अब त्यहाँ एमाले संसदीय दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बन्दैछन् । यसअघि पनि उनी करिब ३ महिना मुख्यमन्त्री भएका थिए ।

ताजा समाचार

spot_img

थप समाचार