वीरगन्ज,९ साउन । पर्सामा एक महिलाको शव फेला परेको छ । चिपहरमाई गाउँपालिका वडा नम्बर १ स्थित आफ्नै घरमा २५ वर्षीया विवाहित महिला मृत भेटिएको प्रहरीले जनाएको छ । आफ्नै घरमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।


घटनास्थलमा प्रहरी कार्यालय पोखरियाको टोली पुगेको र शवको मुचुल्का तयार गरी पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक महिलाको पहिचान खुलेको छैन ।