आइतवार, पुस २८, २०८१
Sun, January 12, 2025
आइतवार, पुस २८, २०८१
Sun, January 12, 2025

काठमाडौं उपत्यकामा ५७४ किलोमिटर...

काठमाडौं,२८ पुस । मेलम्चीको पानी पुनः वितरणसँगै काठमाडौं उपत्यकामा नयाँ खानेपानी वितरण सञ्जालको...

लोसपा महाधिवेशनका लागि ५...

काठमाडौँ,२८ पुस । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रथम महाधिवेशनका लागि पाँच सदस्यीय निर्वाचन...

अनुहार हेर्न मन नलाग्नेहरू...

बीरगन्ज,२८ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो...

रुपन्देही र पर्सामा २...

काठमाडाैं,२८ पुस । रुपन्देही र पर्सामा दुई जना मृतावस्थामा फेला परेका छन्। नेपाल प्रहरीको...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
14.7 C
Birgunj
spot_imgspot_imgspot_img

अहिलेसम्म ७ शवको पोष्टमार्टम, भोलिसम्ममा आफन्तलाई जिम्मा लगाइने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१० साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बुधबार मृत्यु भएका १८ जनाको शवको पोष्टमार्टम गर्ने काम जारी रहेको छ ।

- Advertisement -

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बुधबार अपराह्नबाट पोष्टमार्टम सुरु गरिएकोमा अहिलेसम्म ७ वटा शवको पोष्टमार्टम भएको शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपालकुमार चौधरीले जानकारी दिए ।

उनले आज साँझसम्ममा सबै शवको पोष्टमार्टम सकेर भोलि म्याचिङ गरी आफन्तको जिम्मा लगाइने बताए । शव अत्यधिक रुपमा जलेका कारण पोष्टमार्टममा समस्या भएको बताए । उनले एउटा शव पोष्टमार्टमका लागि चारघण्टा समय लाग्नेसमेत बताए ।

- Advertisement -

डा. चौधरीले त्रिवि शिक्षण अस्पतालको मात्रै जनशक्तिले अपुग हुने भएकाले पाटन र भक्तपुर अस्पतालका चिकित्सकहरुलाई समेत झिकाइएको बताए । हिजो बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज भुइँ छोडेको केही सेकेन्डमै दुर्घटनामा परेको थियो ।

दुर्घटनामा एक विदेशीसहित १८ जनाको मृत्यु भएको थियो । पाइलट मनिषरत्न शाक्यको घाइते अवस्थामा उद्धार गरिएको थियो । उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार