Date
बिहि, असार ५, २०८२
Thu, June 19, 2025
Date
बिहि, असार ५, २०८२
Thu, June 19, 2025

उखु किसानको अनुदान खारेजको...

काठमाडौं,०५ असार । आगामी आर्थिक वर्ष २०८२/८३ देखि उखु किसानलाई दिँदै आइएको प्रति...

सांसद अमरेशकुमार सिंहद्वारा कानुनमन्त्री...

काठमाडौं,०५ असार । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री...

मधेश प्रदेश सरकारद्वारा स्थानीय...

जनकपुर,०५ असार । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेशभित्रका स्थानीय...

खेतमा जडान गरिएको विद्युतीय...

जनकपुर,०५ असार ।  बाली जोगाउन खेतमा तानिएको विद्युतीय तारमा करेन्ट लाग्दा धनुषामा एक...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
32.8 C
Birgunj
spot_imgspot_imgspot_img

अधिकृत, नासु र खरिदारको प्रथमपत्रमा उत्तीर्ण हुन ४५ अंक, प्रथमपत्रको अंक नजोडिने

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१० साउन । लोकसेवा आयोगले लिने लिखित परीक्षाको प्रारम्भिक चरणको प्रथम पत्र र पाठ्य योजनासम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ । शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथमपत्रमा अब उत्तीर्ण हुन मात्रै ४५ अंक ल्याउनुपर्ने भएको छ । हालसम्म ४० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था थियो ।

- Advertisement -

लोकसेवा आयोगले आर्थिक २०८१/८२ को विज्ञापनदेखि लागु हुने गरी सार्वजनिक गरेको पाठ्यक्रममा अब १०० अंकको प्रारम्भिक चरणको परीक्षामा पास भएर दोस्रो चरणको लिखित परीक्षमा सहभागी हुन ४५ अंक ल्याउनैपर्ने व्यवस्था गरेको हो ।

पहिलो चरणको परीक्षामा १०० अंकको वस्तुगत प्रश्न सोधिन्छ । सो परीक्षामा अब न्युनतम् ४५ अंक नल्याएकाहरुले दोस्रो चरणको परीक्षमा सामेल नै हुन पाउने छैनन् ।

यसैगरी अब पहिलो पत्रमा प्राप्त भएको कूल प्राप्तांकको ५० प्रतिशत अंक दोस्रो पत्रको प्राप्ताङ्कमा जोडिने व्यवस्था पनि हटेको छ । अर्थात् अब प्रथम पत्रको परीक्षा ‘छनोट परीक्षा’का रुपमा मात्रै रहनेछ । दोस्रो पत्रमा पहिलो पत्र आएका आएको कुल अंकको आधा अंक जोडिने व्यवस्था हटेको हो ।

लिखित परीक्षाको प्रथम चरणमा प्रारम्भिक परीक्षा हुने र यो प्रारम्भिक परीक्षालाई छनोट परीक्षाको रुपमा मात्र लिई प्राप्तांकलाई मूल परीक्षाको अंकमा समावेश नगर्ने व्यवस्था गरिएको हो । प्रारम्भिक परीक्षाको उतीर्णांक पूर्णांकको ४५ प्रतिशत अर्थात ४५ अङ्क हुने व्यवस्था भएसँगै अब दुबै परीक्षा फरक-फरक अस्तित्वमा रहनेछन् ।

लोकसेवा आयोगकी प्रवक्ता गीताकुमारी होमेगाइँ तीन पदमा सुरुमा स्क्रिनिङ टेस्टको पाठ्य योजनामा परिवर्तन गरिएको बताउँछिन् । ‘स्क्रिनिङ टेस्टको नतिजाको ५० प्रतिशत अंक मूल परीक्षामा जोड्ने व्यवस्था थियो, अब नजोड्ने व्यवस्था गरेका छौं,’ उनले भनिन् ।

उनका अनुसार एउटा परीक्षाको नतिजालाई अर्को परीक्षाको नतिजासँग जोड्नु सान्दर्भिक नभएकाले एउटा परीक्षाले अर्को परीक्षालाई प्रभाव नपारोस् भन्ने उद्देश्य राखेर यस्तो व्यवस्था गरिएको हो ।

ताजा समाचार

spot_img

थप समाचार