[ndc-today-date]
[ndc-today-date]

कांग्रेस–एमालेबीच सत्ता साझेदारीमा समस्या...

काठमाडौं, ६ वैशाख । गृहमन्त्री रमेश लेखकले नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता...

९ महिनामा तीन खर्ब...

काठमाडौं,०६ वैशाख । सरकारले चालु आर्थिक वर्ष २०८१र८२ को चैत मसान्तसम्म साढे तीन...

माग पूरा नभएसम्म कार्यदलको...

काठमाडौं, ६ वैशाख । नेपाल चिकित्सक संघले आवासीय चिकित्सकका माग पूरा नभएसम्म...

वर्षाले रोक्यो नेपालको सपना,...

काठमाडौं,०६ वैशाख । वर्षाले नेपाललाई यू–१९ विश्वकपको यात्रा रोकिदिएको छ। काठमाडौंमा शनिबार अफगानिस्तानसँग...
spot_imgspot_imgspot_img
21.1 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

धनगढीको नोभा हस्पिटलमा तनाव, प्रहरीले गरे अश्रुग्यास प्रहार

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

धनगढी,१२ साउन । धनगढीको नोभा अस्पतालमा उपचारत १७ वर्षीय युवकको मृत्युको विषयलाई लिएर अस्पतालमा तनाब भएको छ ।सामान्य अवस्थामा ल्याइएका कञ्चनपुर बेलौरीका १७ वर्षका नसिब चौधरीको अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित आफन्तले ढुंगामुढा प्रहार गर्दै तोडफोड गर्न खोजेका छन् ।

- Advertisement -

स्थिति नियन्त्रणमा लिन तीन राउण्ड अश्रुग्यास प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले अस्पताल बाहिर भेला भएको समूहले ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको बताए ।

उनका अनुसार अश्रुग्यास प्रहार गरेपछि अहिले उनीहरु तितरबितर भएका छन् भने अस्पतालले मृतकका आफन्तसँग वार्ता गरिरहेको छ । जन्डिसको समस्या लिएर ७ साउनमा अस्पताल भर्ना भएका चौधरीको शुक्रबार दिउँसो ३ बजे मृत्यु भएको थियो ।

- Advertisement -

मृतकका आफन्तका अनुसार शुक्रबार अवस्था जटिल बनेपछि मात्र अस्पतालले नेपालगञ्ज वा भारतको बरेली लैजान भनेको थियो । दिउँसो साढे ३ बजे नेपालगञ्ज लैजान एम्बुलेन्समा राख्ने क्रममा चौधरीको मृत्यु भएको थियो ।

आफन्तले अस्पतालको लापरवाहीका कारण उनको मृत्यु भएको भन्दै शव बुझ्न मानेका छैनन् भने डाक्टरलाई कारवाही र क्षतिपूर्तिको माग गरेका छन् ।

अस्पताल प्रशासनले शुक्रबार साँझदेखि मृतकका आफन्तसँग वार्ता गरेपनि कुरा मिल्न सकेको छैन ।

ताजा समाचार

spot_img

थप समाचार