Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

सिरीसिया नदीमा फोहोर पानी निकास गर्ने उद्योगको गेटमा महानगरले फाल्यो फोहोर

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज, १४ साउन । वीरगन्ज महानगरपालिकाले सिरीसिया नदीमा लेदोसहितको फोहोर पानी निकास गरेर नदीलाई प्रदूषित बनाउने उद्योगहरूमाथि कडा कारवाही गरेको छ । महानगरपालिका नगर प्रहरीसहित कर्मचारीको टोलीले सोमबार वीरगन्ज–२१ परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग प्रालि र श्रीसिद्धि टेक्सटाइल्स प्रालिमा २० ट्याक्टर फोहोर लगेर उद्योगभित्रको परिसरमा थुपारि दिएको हो ।

- Advertisement -

यसअघि आइतबारपनि महानगरको टोललीले अरनीको टेक्सटाइल, सिद्धि टेक्सटाइल, र मरियम लेदरजस्ता उद्योगहरूले वातावरणीय मापदण्डहरूको उल्लङ्घन गर्दै नदीमा सीधा फोहर पानी निकास गरेपछि महानगरपालिकाले उद्योगको गेटमै फोहोर थुपारेको हो ।

हिजो, महानगरपालिकाले अरनीको टेक्सटाइल र सिद्धि टेक्सटाइलको गेटमा ३/३ ट्याक्टर फोहोर थुपारेको थियो । आज भने यो मात्रालाई बढाएर १०/१० ट्याक्टर फोहोर थुपारिएको छ । महानगरले यस्तै कारवाही मरियम लेदर उद्योगमाथि पनि लागू गरेको छ ।

- Advertisement -

सिरीसिया नदीमा लेदोसहितको फोहोर पानी प्रवाहले नदीको पानी अत्यन्तै दूषित भई त्यसको पारिस्थितिकी प्रणालीमा गम्भीर असर पारेको छ । यसरी उद्योगहरूले नगरको वातावरण र नागरिकको स्वास्थ्यलाई ठूलो जोखिममा राखेको भन्दै महानगरपालिकाले उद्योगहरूको गेटमा फोहोर थुपारीदिएको हो ।

ताजा समाचार

spot_img

थप समाचार