आइतवार, पुस २८, २०८१
Sun, January 12, 2025
आइतवार, पुस २८, २०८१
Sun, January 12, 2025

काठमाडौं उपत्यकामा ५७४ किलोमिटर...

काठमाडौं,२८ पुस । मेलम्चीको पानी पुनः वितरणसँगै काठमाडौं उपत्यकामा नयाँ खानेपानी वितरण सञ्जालको...

लोसपा महाधिवेशनका लागि ५...

काठमाडौँ,२८ पुस । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रथम महाधिवेशनका लागि पाँच सदस्यीय निर्वाचन...

अनुहार हेर्न मन नलाग्नेहरू...

बीरगन्ज,२८ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो...

रुपन्देही र पर्सामा २...

काठमाडाैं,२८ पुस । रुपन्देही र पर्सामा दुई जना मृतावस्थामा फेला परेका छन्। नेपाल प्रहरीको...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
14.7 C
Birgunj
spot_imgspot_imgspot_img

पठनपाठनमा कठिनाई चर्को घाम र अत्यधिक गर्मीले

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,१४ साउन । पर्साको पर्सागढी नगरपालिका र जिराभवानी गाउँपालिकामा रहेका सामूदायिक बिद्यालयहरु जोखिमपूर्ण तरिकाले संचालन भइरहेका छन।यी पालिकाहरुमा रहेका सामूदायिक बिद्यालयहरुमा बर्षे बिदा सकेर अहिले बिद्यालय संचालन भइरहेका छन। एका बिहानैदेखि चर्को घाम, अत्यधिक गर्मी र हावा नचलेकाले पठनपाठनमा कठिनाई भएको शिक्षकहरुले बताए।

- Advertisement -

पर्सागढी नगरपालिका वडा नं ३ मा रहेका ने रा आधारभूत बिद्यालय बागबाना प्रधानाध्यापक योगेन्द्र चौधरीले अत्यधिक गर्मीका कारण शैक्षणिक क्रियाकलाप गर्ने निकै कठिनाई भएको बताए। बिद्यालयका कक्षाकोठाहरुमा पंखाको व्यवस्थापन गरे पनि १३ गते आइतवार दिनभरि बति कटेका कारण कक्षाकोठा पस्न नसक्ने अवस्था रहेका प्र अ चौधरीले बताए।

नगरपालिकाले दिएका निर्देशन अनुसार आज सोमवारदेखि बिहानी कक्षा संचालन भइरहेको प्र अ चौधरीले बताए। तर बिहानैदेखि अत्यधिक गर्मीका कारण कक्षा संचालन गर्दा बिद्यार्थी तथा शिक्षकको स्वास्थ्यमा नाकारात्मक प्रभाव पर्ने प्र अ चौधरीले बताए।

- Advertisement -

यस नगरपालिकामा प्रथम त्रैमासिक परिक्षा सकेर असार १६ गतेदेखि सावन ७ गतेसम्म बर्षे बिदा रहेका थिए। यस नगरपालिकामा रहेका ३० वटा सामूदायिक बिद्यालय सावन ८ गतेदेखि संघालनमा आएका छन।

त्यस्तै जिराभवानी गाउँपालिकामा रहेका सामूदायिक बिद्यालयहरुमा हिजो आइतबारदेखि दिउसो कक्षा संचालनमा आएका छन। बिहान १० बजेदेखि दिउसो ४ बजेसम्म बिद्यालय संचालन हुदा दिनभरि बिद्यार्थी र शिक्षकहरु भिजेका हुने गरेको शिक्षकहरुले गुनासो गरे।

अधिकांश बिद्यालयको भवन अर्धपक्की अथवा टिनको छाना भएकोले घाममा निक्कै तातिने गरेका शिक्षकहरुले जनाए। दिनभरी पंखा चले पनि मुनि बसेका बिद्यार्थी भिज्ने गरेको शिक्षकहरुले बताए। जिराभवानी गाँउपालिका वडा नं ३ मा रहेका ने रा प्रा बि मुरारीपुर परसवाका प्रधानाध्यापक जितेन्द्र प्रसाद गौरोले अत्यधिक गर्मीका कारण शिक्षक – बिद्यार्थी जोखिममा रहेको बताए। हाम्रो बिद्यालयमा एउटा पंखा कार्यालयमा र एउटा कक्षाकोठामा रहेको असहनीय गर्मी भोग्नु परेको प्र अ गौरोले बताए।

यस पालिकामा आसार १७ गतेदेखि सावन १२ गतेसम्म बर्षे बिदा रहेका थिए।
उता पटेर्वासुगौली गाउपालिकाका शिक्षा शाखा प्रमुख सोलेन्द्र पन्जियारले बिद्यालयमा सावन १ गते बर्षे बिदा गरिएका छन।सावन २० गतेदेखि बिद्यालय सुचारु हुने तर गर्मी यस्तै भइ रहे बिदा लम्बियाउने शाखा प्रमुख पन्जियारले बताए।

ताजा समाचार

spot_img
spot_img

थप समाचार