Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026

पर्सा – १ मा...

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

मन्त्री जगदीश खरेल रास्वपाबाट...

काठमाडौँ,०५ माघ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री जगदीश खरेल रास्वपाबाट प्रतिनिधिसभा...

पोखराबाट दुर्गा प्रसाईं पक्राउ

पोखरा,०५ माघ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा...

बारामा नेकपाले टुंग्यायो उम्मेदवार,...

बारा,०५ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बाराका चारवटै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार...
spot_imgspot_imgspot_img
8.2 C
Kathmandu
14.5 C
Birgunj
spot_img

भारतको केरलमा पहिरो: एक जना नेपालीसहित ३६ जनाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैं, १५ साउन । भारतको केरलमा पहिरो जाँदा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ। पहिरोमा एक जना नेपालीको पनि मृत्यु भएको छ।

मंगलबार बिहान केरलको वायानड जिल्लामा पहिरो जाँदा ३६ जनाको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ।

केन्द्रीय र प्रदेशीय सरकारले खोजी तथा उद्धारको काम अघि बढाएको छ।

टाइम्स अफ इन्डियाले थोन्दरनाड गाउँमा बसिरहेका नेपाली परिवारका एक वर्षीय बालकको मृत्यु भएको समाचारमा उल्लेख गरेको छ। यसबारे विस्तृत विवरण भने आइसकेको छैन।

केरलमा मंगलबार दिउँसो पनि भारी वर्षा भइरहेको छ।

केरल राज्य विपद व्यवस्थापन, सेना लगायत विभिन्न उद्धारकर्मीको टोली पनि खटिएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परी ज्यान गुमाएकाहरूको परिवारलाई दुई लाख रुपैयाँका दरले राहत र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन्।

पहिरोले वायानडको मुनदकाई, चुरालमाला, अटामाला र नुलपुझा गाउँहरूमा धेरै क्षति पुगेको छ।

ताजा समाचार

थप समाचार