Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

सेयर बजार २७०० नजिक, सवा १७ अर्बको कारोबार

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१५ साउन । मंगलबार सेयर बजार २७०० अंकनजिक पुगेको छ । अघिल्लो दिन २०.६३ अंक घटेको बजार मंगलबार भने ३५.५५ अंक बढेको हो ।

- Advertisement -

सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६९६ अंकमा पुगेको छ । नेप्से २७०९ अंकसम्म पुगेको थियो । कुल १७ अर्ब २६ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन १९ अर्ब ६० करोडको कारोबार भएको थियो । १८९ कम्पनीको मूल्य बढ्दा ४७ को घट्यो भने ६ को स्थिर रह्यो ।

होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ५.९९ प्रतिशत बढ्यो । त्यस्तै फाइनान्स ५.९८, हाइड्रोपावर ३.१२, लगानी ३.१५, जीवन बीमा ०.५८, उत्पादन ०.३५, माइक्रोफाइनान्स ०.९८, अन्य ३.५ र विकास बैंक सूचक २.४० प्रतिशत बढे । बैंकिङ ०.७६, व्यापार ०.५७, निर्जीवन बीमा ०.३६ प्रतिशत घटे ।

- Advertisement -

प्रोग्रेसिभ फाइनान्स, बरुण हाइड्रोपावर, सान्जेन जलविद्युत्, नेपाल वेयरहाउजिङ कम्पनी तथा सीईडीबी हाइड्रोपावर, नेपाल फाइनान्स, हाथवे इन्भेस्टमेन्ट कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । मुक्तिनाथ कृषि कम्पनी ९.८, सगरमाथा जलविद्युत् कम्पनीको ९.४ प्रतिशत मूल्य बढ्यो ।

एसियन हाइड्रोपावरको १०, गणपति लघुवित्तको ६.१ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, सोल्टी होटल, नेपाल फाइनान्स तथा चिलिमे हाइड्रोपावर क्रमशः अगाडि रहे ।

ताजा समाचार

spot_img

थप समाचार