Date
सोम, माघ ७, २०८१
Mon, January 20, 2025
Date
सोम, माघ ७, २०८१
Mon, January 20, 2025

पूर्वडीआईजी जोशीलाई ५० लाख...

काठमाडौं,०७ माघ । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको एक अर्बभन्दा धेरै बचत रकम ठगी...

त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचन...

काठमाडौँ,०७ माघ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति परिवर्तन गर्दै...

बारामा आगलागीबाट वृद्धाको मृत्यु

बीरगन्ज,०७ माघ । बाराको प्रसौनी गाउँपालिका–७ बन्जरियामा पराल ताप्ने क्रममा भएको आगलागीमा परी...

बैंकको ऋण नतिर्न उक्साउने...

काठमाडौं,०७ माघ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समग्र अर्थतन्त्रका सूचक सकारात्मक...
spot_imgspot_imgspot_img
22.4 C
Kathmandu
23.5 C
Birgunj
spot_imgspot_imgspot_img

नेपाल तरुण दल पर्साले विद्युत प्राधिकरण पर्सामा बुझाए ज्ञापनपत्र

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगंज ,१५ साउन – नेपाल तरुण दल पर्साले विद्युत प्राधिकरण पर्सा शाखामा मंगलवार ज्ञापन पत्र बुझाएको छ । जनताको हरेक सुखःदुखमा साथ दिन आम जनताको आवाज बुलन्द पार्न ज्ञापन पत्र बुझाएको तरुण दल पर्साले जनाएको छ । यस्तो प्रचण्ड गर्मीमा दैखिकजसो सयौंपटक लाइन काटिने पर्सा जिल्लाका उद्योगी , व्यवसायी, विद्यार्थी लगायत समपूर्ण पर्सा जिल्लाबासी मारमा परेको भन्दै तरुण दलले त्यता गतिबिधिलाई प्राधिकरण तुरन्त सच्याउनु पर्ने माग गरेको छ ।

- Advertisement -

नेपाल विद्युत प्राधिकरणले देशैभरी लोडसेटिङ हटेको उद्घोष गरेता पनि त्यो व्यवहारमा लागू हुन नसकोको र दैनिक जसो लोडसेटिङ भईरहँदा आम नागरीकले अत्यान्तै असहज र कष्टकर दिनर्चाय काटिरहेको तरुण दलले ज्ञापन पत्र मार्फत प्राधिकरणलाई जानकारी गराएको छ । बिना कुनै सूचना दैनिक विद्युत अवरोध भइरहँदा पर्साबासी लगायत नेपाल तरुण दल अत्यान्तै आक्रान्त भएको विज्ञप्तीमा भनिएको छ ।

यस समस्यालाई यथाशिघ्र समाधान गरियोस भनी नेपाल तरुणदल तथा आम सर्वसाधारणका तर्फबाट हार्दिक अनुरोध र समस्या समाधानमा कुनै चासो र ठोस कार्य नगरिएमा प्राधिकरणको कार्यालयमा धर्ना र तालाबन्दी लगायतका विविध विरोधका कार्यक्रमहरु गरिने र त्यसबाट पर्नसक्ने असरको स्वयम् नेपाल विद्युत् प्राधिकारणले जिम्मेवारी लिनुपर्ने नेपाल तरुण दल पर्साद्धार जारी विज्ञप्तीमा उल्लेख छ ।

- Advertisement -

ज्ञापन पत्र बुझाउँन तरुण दल पर्साका अध्यक्ष बिकास तिवारीको नेतृत्वमा बिवेक कलवार, पप्पु यादव,राहुल रौनियार,, राहुल शर्मा, संतोष महतो,सरोज चौरसिया,नेविसंघका गौतम सर्राफ,करण पाण्डे लगायतका युवाहरु नेपाल बिद्युत प्राधिकरण वीरगंज शाखामा पुगेका थिए ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार