१५ साउन, काठमाडौं । न्याय परिषद्ले एकै पटक ९१ जना न्यायाधीशहरूको सरुवा गरेको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले एकै पटक ९१ जना न्यायाधीशको सरुवा गरेको हो । प्रधान न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकले उच्च अदालतका २६ र जिल्ला अदालतका ६५ जना न्यायाधीशको सरुवा गरेको हो । मंगलबार बसेको न्याय सेवा आयोगको बैठकले २ सचिवको सरुवा र २ जनालाई सचिव बढुवा गर्ने निर्णय गरेको थियो ।