बिहिबार, माघ २४, २०८१
Thu, February 6, 2025
बिहिबार, माघ २४, २०८१
Thu, February 6, 2025

५४ लाख धरौटीमा लामिछानेलाई...

चितवन, २४ माघ । साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका...

डब्ल्यूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा,...

एजेन्सी, २४ माघ । ब्यूनस आयर्स — अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)...

मधेशमा प्रदेश लोकसेवाद्धारा ५२...

जनकपुर, २४ माघ । मधेश प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती वन सेवाको सहायक...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
10.7 C
Birgunj
spot_imgspot_imgspot_img

माग सम्बोधन नभएपछि कृषिका कर्मचारीहरू फेरि आन्दोलनमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१६ साउन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि प्राविधिक कर्मचारीहरूले फेरि आन्दोलन सुरु गरेका छन् ।

- Advertisement -

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको आग्रहमा स्थगित भएको आन्दोलन बुधवारबाट पुनः सुरु भएको हो । गत असार १६ गतेदेखि धर्नामा बस्दै आएका कृषि प्राविधिक कर्मचारीहरूले मन्त्रीको आग्रहमा साउन २ गते आन्दोलन स्थगित गरेका थिए ।

कृषिमन्त्री अधिकारीले १५ दिनभित्र आवश्यक निकासा दिन पहल गर्ने भन्दै आश्वासन दिएपछि कर्मचारीहरूले आन्दोलन स्थगित गरेका थिए । तर, मन्त्रीको आश्वासन र निर्देशनले काम नगरेपछि फेरि उनीहरू बुधवारदेखि मन्त्रालय अगाडि धर्नामा बसेका छन् ।

- Advertisement -

‘हामीले हालसम्म जति प्रयास गरे पनि अर्थ मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको असहयोगको कारण कुनै उपलब्धि हाँसिल भएन । त्यसैले पुनः आन्दोलनमा जान बाध्य भयौँ’, एक कर्मचारीले भने । यसअघि मन्त्रालयले सूचना जारी गरी कर्मचारी समायोजन ऐन २०७५ बमोजिम संघमा समायोजन भएका नेपाल कृषि सेवाका प्राविधिक कर्मचारीहरूको स्थायी पुल दरबन्दी स्वीकृति पद दर्ता र पदस्थापनका सम्बन्धमा कर्मचारीहरूबाट राखिएका गुनासो तथा मर्काको सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै आन्दोलन स्थगित गर्न भनेको थियो ।

कृषि मन्त्रालयमा समायोजन भएका कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकोले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै आन्दोलनमा छन् । संघमा समायोजन भएका कृषि सेवा अन्तर्गत कृषितर्फका पुल दरबन्दीमा रहेको ३२८ जना समेतको स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति हुने व्यवस्था गर्नुपर्ने, संघमा समायोजन भएका कृषि सेवा अन्तर्गत कृषि तर्फका प्राविधिक कर्मचारीहरूको न्यायोचित वृत्ति विकास सुनिश्चित हुनुपर्ने उनीहरूको माग छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार