Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025
Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

कक्षा १२ को परीक्षा...

काठमाडौं, ९ वैशाख । शिक्षकहरूको लगातार आन्दोलनबीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

सुनको मूल्य आकासियो,तोलामा २...

काठमाडौँ, ९ वैशाख । नेपाली बजारमा सुनको मूल्य मंगलबार एकैदिन तोलामा ६ हजार...

भारतका विद्युत् मन्त्री खट्टर...

काठमाडौं,०९ वैशाख । भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुई...

बीरगन्जस्थित नारायणी अस्पतालमा वैशाख...

बीरगन्ज,०९ वैशाख । बीरगन्जस्थित नारायणी अस्पतालले वैशाख महिनाको अन्त्यसम्ममा क्याथ ल्याब (Cath Lab)...
spot_imgspot_imgspot_img
27.1 C
Kathmandu
35.6 C
Birgunj
spot_imgspot_imgspot_img

गत आवमा पर्सामा दुई सय ३२ साना तथा घरेलु उद्योग खारेजी

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज, १६ साउन । गत आर्थिक वर्षमा पर्सामा दुई सय ३२ साना तथा घरेलु उद्योग खारेज भएका छन् । आर्थिक संकटका कारणले उद्योगलाई निरन्तरता दिन नसकेपछि साना तथा घरेलु उद्योग सञ्चालकहरू घरेलु तथा साना उद्योग कार्यालय पुगेर उद्योग खारेजी गराउन थालेका हुन् ।

- Advertisement -

घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख उद्योग अधिकृत धनञ्जयकुमार सिंहका अनुसार ‘आर्थिक मन्दीका कारण थलापरेका साना तथा घरेलु उद्योग बन्द हुने क्रम बढेको छ । अर्कोतर्फ सरकारले आव २०८१-८२ को बजेट वक्तव्यसँगै ल्याएको आर्थिक विधेयकमा वर्षौँदेखि नवीकरण नगर्ने साना तथा घरेलु उद्योग खारेजीमा २५ प्रतिशत छुट दिने प्रावधानको कारण पनि धेरै उद्योग खारेजीमा परेका हुन्’, उनले भने ।

पछिल्लो समय घरेलु तथा साना उद्यम गर्ने उद्यमीलाई सहज रुपमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्राप्त नगर्दा पनि समस्या भइरहेको उनले बताए ।

- Advertisement -

‘अहिले जताततै आर्थिक मन्दीले अर्थतन्त्रलाई शिथिलतातर्फ लगिरहेको छ । जसको कारण साना तथा घरेलु उद्योग मारमा परिरहेका छन्’,अधिकृत सिंहले भने ।

‘राज्यले साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्ने वातावरण बनाउन आवश्यक रहेकाे महशुस गर्न सकिन्छ ।

ताजा समाचार

spot_img

थप समाचार