बिहिबार, माघ २४, २०८१
Thu, February 6, 2025
बिहिबार, माघ २४, २०८१
Thu, February 6, 2025

५४ लाख धरौटीमा लामिछानेलाई...

चितवन, २४ माघ । साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका...

डब्ल्यूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा,...

एजेन्सी, २४ माघ । ब्यूनस आयर्स — अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)...

मधेशमा प्रदेश लोकसेवाद्धारा ५२...

जनकपुर, २४ माघ । मधेश प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती वन सेवाको सहायक...

बाराको इटियाहीमा श्री शिवशक्ति...

वीरगन्ज,२४ माघ । बाराको विश्रामपुर गाउँपालिका-५ इटियाहीमा बिहीबारदेखि श्री शिवशक्ति कोटी होम महायज्ञ...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
10.7 C
Birgunj
spot_imgspot_imgspot_img

पर्साबाट फरक-फरक स्थानबाट भन्सार छलीका सामानहरु बरामद

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१७ साउन । पर्साबाट प्रहरीले एकलाख भन्दा बढी मूल्यका भन्सार छलीका सामानहरु पक्राउ गरेको छ । जिल्लाका फरकफरक स्थानहरुबाट चलाएको जाँच अभियानका क्रममा प्रहरीले एक लाख ३१ हजार ८ सय मूल्य बराबरका भन्सार छलीका सामानहरु पक्राउ गरेको हो ।

- Advertisement -

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले रिफाइन्ड तेल र विभिन्न प्रकारका मोबाइल पार्टसहरु बरामद गरेको प्रहरी नायब उपरिक्षक प्रवक्ता दिपक भारतीले बताए । उनका अनुसार प्रहरीले बिन्दबासीनी गाँउपालिका वडा नम्बर ५ को एरियाबाट २० हजार मूल्यका १० कार्टुन रिफाईन्ड तेल नियन्त्रणमा लिएको हो ।

यसैगरी प्रहरी चौकी महुवनबाट खटिएको प्रहरी टोलीले सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर ६ लखनपुरस्थित सडकखण्डबाट एक लाख ११ हजार ८ सय मूल्य बराबरका मोबाइलका पार्टसहरु बरामद गरेको प्रवक्ता भारतीले बताए ।

- Advertisement -

प्रहरीले किप्याड मोबाइल १३ थान, मोबाइल चार्जर २० थान, म्याजिक एयरफोन २० थान, हेडफोन १३ थान, एयरबर्डस ५ थान, टेम्पर ग्लास ३ प्याकेट, ब्लुतुथ स्पिकर ८ थान र पावर बैँक १ थान बरामद गरेको हो ।

बरामद सामानहरु आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार